यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

14
Share
Featured
  • दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा सात जना बेपत्ता भएका थिए, जसमा दुई नेपालीसहित पाँच जनाको अवस्था अझै अज्ञात छ।
  • खोज तथा उद्धार टोलीका अनुसार हिउँ अत्यन्त कडा भएको र त्यसलाई खन्न असम्भव भएकाले हालको सिजनमा खोजीकार्य स्थगित गरिएको छ। भेटिएका दुई शवमध्ये एक फ्रान्सकी मेनफेडी क्रिस्टिना एन्ड्रे र अर्को इटलीका पाउलो कोको रहेका छन्।
  • खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न माउन्टेन गाइड टोली खटिएका थिए, तर भीषण हिमपात र उच्च जोखिमका कारण खोजी कार्य स्थगित गर्नु परेको छ। यस क्षेत्रलाई भारी हिमपात र अस्थिर मौसमका कारण अत्यधिक जोखिमपूर्ण मानिन्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता सातजनामध्ये दुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्था अझै अज्ञात रहेको छ ।

खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाका अनुसार अब हिउँ निकै कडा भएको र त्यसलाई खन्न असम्भव देखिएकाले हाललाई खोजीकार्य स्थगित गर्ने निर्णय गरिएको हो । दुई नेपालीसहित पाँच जना हिमपहिरोमा पुरिएर हराइरहेका छन्, अब उनीहरु जिवित रहने सम्भावना छैन । 

खोजीको क्रममा भेटिएका दुई शवमध्ये एक फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे र अर्को इटालीका पाउलो कोको रहेको पुष्टि भएको छ । हराएकाको यो सिजनमा खोजी सम्भव नभएको उद्धार टोलीले जनाएको छ । 

गत कात्तिक ११ गते दोलखाको गौरीशंकर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ क्षेत्रमा पर्ने ५ हजार ६ सय ३० मिटर उचाइको यलुङ रि हिमाल आरोहणका लागि गाइड र आरोही गरी १५ जनाको समूह पुगेको थियो । कात्तिक १७ गते बिहान ४ बजे बेसक्याम्पबाट चुचुरोतर्फ प्रस्थान गरेका उनीहरू करिब ८ बजे शिखर नजिकै पुग्दा आकस्मिक हिमपहिरोमा परेका थिए ।

सोही दिनदेखि हराएका सात जनामध्ये मंगलबारबाट सुरु गरिएको खोज तथा उद्धार अभियानले आठ जनाको सकुशल उद्धार गरेको थियो ।  खोजीका क्रममा दुई विदेशीको शव फेला पारिएको भए पनि पाँच जनाको अवस्था अझै अज्ञात छ ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनबाट पासाङ किदर शेर्पा, रितन जाङ्बु शेर्पा, छिरिङ सोनाम लामा, पासाङ तेन्वा शेर्पा, ड्रिम डेस्टिनेसनका फुर्वा तेन्जी शेर्पा, र सिम्रिक एयरका दुई विदेशीसहित नौं सदस्यीय टोली खोजीका लागि खटिएको थियो ।

दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोका अनुसार खोजी टोलीले कठिन मौसमका कारण अहिले खोज कार्य स्थगित हुने निर्णय गरेको छ । यो सिजनमा खोजी सम्भव नदेखिएकाले टोली फर्कन लागेको उनले जानकारी  दिए । 

खोजीमा नेपाली सेना, नेपाल प्रहरीसशस्त्र प्रहरी बलको संयुक्त टोली समेत सहभागी थियो । तर, भीषण हिमपात र उच्च जोखिमका कारण ती टोलीहरू पनि घटनास्थलसम्म पुग्न कठिनाइ भएको थियो । सुरक्षा टोली गाउँसम्म पुग्न सकेपनि त्यसभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिमपातका कारण टोली अघि बढ्न सकेन ।

गौरीशङ्कर संरक्षण क्षेत्रअन्तर्गत पर्ने यो हिमाल आरोहणका लागि पछिल्ला वर्षमा विदेशी आरोहीहरू आकर्षित हुँदै आएका छन् । तर, यलुङ रि क्षेत्र हाल भारी हिमपात र अस्थिर मौसमका कारण अति जोखिमपूर्ण मानिन्छ ।

यो समाचारमा

नेपालफ्रान्सदोलखानेपाली सेना
गौरीशंकर गाउँपालिका8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...