राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन : प्रधानमन्त्री कार्की

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

20
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाएर जेनजी आन्दोलनमा औद्योगिक र व्यापारिक क्षेत्रमाथि गरिएको आक्रमण स्वीकार्य नभएको बताइन् र निजी क्षेत्रको आत्मविश्वास जर्गेना गर्न सरकारले कुनै कसुर नछोड्ने प्रतिवद्धता व्यक्त गरिन्।
  • उनले निजी क्षेत्रले मुलुकको विकास, कूल घरेलु उत्पादन, निर्यात, रोजगारी र कर संकलनमा अग्रणी भूमिका खेलिरहेको उल्लेख गर्दै यसलाई आर्थिक समृद्धिको आधारभूत ढुंगाका रूपमा व्याख्या गरिन्।
  • प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको माग सम्बोधन गर्न सहज वातावरण सिर्जना गर्ने निरन्तर सहकार्य भइरहेको र रेमिटेन्समा मात्र निर्भर नहुई आफ्नै उत्पादन बढाउने अभियानमा सरकार सक्रिय रहेको बताइन्, साथै पुँजीगत खर्च तिब्र बनाउने योजना पनि अघि सारिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन् । 

शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जर्गेना गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने प्रबिद्धता व्यक्त गरिन् । 

उनले भनिन्,‘पहिलेका भन्दा अहिलेको चुनौती फरक छ । यो आत्मविश्वास र चुनौतीसँग जोडिएको छ । भर्खरैको जेनजी आन्दोलनले नेपाललाई सैह्य हुने छैन् भन्ने कुरा खुला लक्ष्मण रेखा स्थापित गरेको छ । यो युवा पुस्ताको प्रष्ट सन्देश हो । भ्रष्टाचार कमीसनको सञ्जाल सह्य छैन् । लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन् । नीतिगत चलखेल गर्नेहरु पोषिने अवस्था रहनुहुँदैन् । राज्यविहीनताको फाइदा उठाउँदै औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण अस्वीकार छ । निजी क्षेत्रको आत्मविश्वासको जर्गेना गर्न सरकारले कुनै कसुर बाँकी राख्ने छैन् ।’

त्यस्तै उनले मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेखनीय र मजबुद छ भन्ने कुरा तथ्यांकहरुले बारम्बार प्रमाणित गरिसकेको बताइन् । कूल ग्राहस्थ उत्पादनमा, निर्यातमा, रोजगारी र करदाताका रुपमा निजी क्षेत्रको योगदान सँधै अग्रणी रहने उनको भनाई छ । 

उनले उद्योगी व्यवसायीहरुलाई आर्थिक समृद्धिको जगका विशाल ढुंगाहरुको परिचय दिएकी गरेकी छिन् । 

‘मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेखनीय र मजबुद छ भन्ने हाम्रा तथ्यांकहरुले बारम्बार प्रमाणित गरेका छन् । कूल ग्राहस्थ उत्पादनमा होस् ,निर्यातमा होस् रोजगारी या करदाताका रुपमा निजी क्षेत्रको योगदान सँधै अग्रणी छ । उद्योगी व्यवसायीहरुलाई म आर्थिक समृद्धिको जगका विशाल ढुंगाहरु ठान्दछु । जसमाथि समग्र मुलुकले समृद्धिको धरोहरा अडिने छ ।

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको मागलाई सम्बोधन गर्न सहज वातावरण निर्माणको निरन्तर सहकार्य गरिरहेको स्पष्ट पारिन् । रेमिटेन्सको भरमा मात्र बाच्ने अवस्थाबाट बाहिर निस्केर आफ्नै उत्पादन बढाउने अभियानमा सरकार जुटेको बताउँदै उनले विज्ञहरुको सुझाव अनुसार पुँजीगत खर्चलाई तिब्र बनाउने दावी गरिन् ।

यो समाचारमा

काठमाडौँसुशीला कार्कीनेपाल उद्योग वाणिज्य महासंघनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...