जेनजी बिद्रोहबाट पाठ सिक्दै क्रान्तिकारीले नयाँ बिद्रोहको तयारी गर्नुपर्छ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

18
Share
Featured
  • क्रान्तिकारी कम्युनिस्टहरूले जेनजी बिद्रोहबाट पाठ सिकेर संसदीय व्यवस्था विस्थापनका लागि एकता र तयारी आवश्यक बताएका छन्।
  • हालको सरकारले भ्रष्ट र दलाल सत्तालाई बचाउन जेनजीहरूलाई मुद्दामा फसाएको प्रति आलोचना गरिएको छ।
  • सबै क्रान्तिकारी कम्युनिस्टलाई ध्रुविकरण गरी समाजवादी व्यवस्थाका लागि संघर्ष गर्न जोड दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जेनजी बिद्रोहबाट पाठ सिक्दै नेपालका कम्युनिस्टहरुले वर्तमान संसदीय व्यवस्थालाई विस्थापनको तयारी गर्नुपर्नेमा वक्ताहरुले जोड दिएक छन् ।

शुक्रबार राजधानीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नौ नम्बर ब्यूरोले आयोजना गरेको अन्तरक्रियामा सबै कम्युनिस्ट एक नभए देश युक्रेन बन्नेसमेत चेतावनी दिएका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव सिपी गजुरेलले देश गम्भीर संकटतिर जान थालेको र त्यसको हल गर्न सबै कम्युनिस्ट एकता, ध्रुविकरण नभए मोर्चाबन्दी गर्नुपर्न बताएका छन् । 

गजुरेलले आफूहरुले वर्तमान संसदीय व्यवस्थाको विस्थापनका लागि आफूहरुले निकै प्रयास नगरे पनि जेन्जीले पहल लिए पनि त्यसको संस्थागत नहुनु दुर्भाग्य भएको बताए । 

जेनजी बिद्रोहको बलबाट प्रधानमन्त्री बनेकी सुशीला कार्कीले क्रान्तिकारीहरुलाई वार्तामा नबोलाएकोप्रति रोष व्यक्त गरे । 

नेकपा(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले जेनजी बिद्रोहबाट जनताले ठूलो अपेक्षा राखे पनि नीति, बिचार र राजनीतिक चेत तथा नेतृत्व विहिनताले पूरानै व्यवस्था र भ्रष्टहरु बच्ने अवस्था आएको बताए । 

बास्तोलाले जेनजीहरुकै बलबाट बनेको सरकारले छानिछानी परिवर्तनकारी जेनजीहरुलाई पक्रने विषय गम्भीर भएको बताउँदै भने,‘जेनजी बिद्रोहले मुलतः भ्रष्ट र दलाल सत्ताको विस्थापन चाहेको थियो तर, तिनैलाई मुद्दा लगाउने कुराप्रति हाम्रो विरोध छ, जेनजीहरुले अब राष्ट्रिय स्वाधीन संयुक्त सरकारको माग गर्नुपर्छ ।’

नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले जेनजी बिद्रोहपछि देशमा व्यापक ध्रुविकरण आवश्यकता रहेको र सबै क्रान्तिकारी कम्युनिस्टहरु एकठाउँमा आउनुपर्नेमा जोड दिए । 

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रवक्ता राजेश्वरी सुवेदीले विभिन्न समूहमा विभक्त नेपाली कम्युनिस्टहरु आफूलाई बाहेक अरुलाई कम्युनिस्ट नठान्ने प्रवृत्तिको करण प्रतिक्रियावादीहरुले ठाउँ पाएको जिकिर गरिन् ।

नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले पछिल्लो समयमा नेतृत्वका बारेमा उमेर हदको विषय चलेको र जुन विषय वैज्ञानिक नभएको जिकिर गरे । 

संस्कृतिक प्रतिरोध अभियानका सदस्य संगित स्रोताले क्रान्तिकारी शक्तिहरु छरिएर भन्दा एक भएर परिवर्तनको लागि तयारी गर्नुपर्नेमा जोड दिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ९ नम्बर ब्यूरो इन्चार्ज दिनेश शर्माले जेनजीमा वर्ग र वर्गीय चेतको अभावका कारण सो आन्दोलनको उपलब्धि सून्य जस्तै भएको बताए । आफूहरुले सम्पूर्ण क्रान्तिकारीहरुलाई गोलबन्द गरेर दलाल पँुजीवादी संसदीय व्यवस्थाविरुद्ध संघर्ष छेड्ने चेतावनी दिए ।

सो पार्टीका ९ नम्बर ब्यूरो सचिव चिन्तामणी पौडेलले देशमा संसदवादी दल र व्यवस्थालाई विस्थापन गरी समाजवादी व्यवस्थाको लागि संघर्षको खाँचो भएको बताए । पार्टी काठमाडौं जिल्ला सचिव केदार खतिवडाले जेनजी बिद्रोहबाट पाठ सिक्दै नेपालमा क्रान्ति र बिद्रोहबाट परिवर्तत सम्भव भएकोले सबै एक भएर तयारी गर्नुपर्ने धारणा राखे ।

यो समाचारमा

सुशीला कार्कीनेपालयुक्रेनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...