फागुन २१ मा चुनाव हुन नसक्ने राजनीतिक दलको आशंका, चुनाव गराएरै छोड्ने जेनजीको अडान

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २१, शुक्रबार

21
Share
Featured
  • विभिन्न राजनीतिक दलका नेताहरू र जेनजी प्रतिनिधिबीच ‘जेनजी विद्रोह र अबको निकास’ विषयमा छलफल भएको छ, जसमा हिंसात्मक घटनामा जेनजीको प्रत्यक्ष संलग्नता नभएको र अन्य समूहको घुसपैठ भएको औँल्याइएको छ।
  • कांग्रेसका नेता सुनिल शर्माले सरकार फागुन २१ मा सुरक्षित र निष्पक्ष चुनाव गराउन नसक्ने दाबी गर्दै पहिलेका मुख्य मागहरू सम्बोधन गर्नुपर्ने बताएका छन्।
  • जेनजी प्रतिनिधि रक्षा बमले गृहमन्त्रीको राजीनामा निकास होइन भन्दै मौजुदा अवस्था अनुसार चुनाव गराउने, सहयोग गर्ने र लोकतन्त्र सुरक्षित राख्न सबैलाई आग्रह गरेकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


विभिन्न राजनीति दलका नेताहरु र जेनजी प्रतिनिधिबीच ‘जेनजी विद्रोह र अबको निकास’ विषयमा छलफल भएको छ । 

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का राजन दाहाल, नेपाली काँग्रेसका नेता सुनिल शर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अब्दुस मियाँ र जेनजी प्रतिनिधि रक्षा बमबीच ‘जेनजी विद्रोह र अबको निकास’ विषयमा छलफल भएको हो । 

छलफलमा नेता दाहालले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको हिंसात्मक क्रियाकलापमा जेनजीको सहभागीता नभई अन्य प्रतिगामीहरुको घुसपैठ भएको बताए । 

नेपालको वैद्यानिकतामा प्रश्न उठ्नेगरी नियोजित रुपमा आगो लगाइएको बताउँदै उनले शितल निवास जल्दा नारायणहिटी दरबार किन जलेन ?, राप्रपा, रास्वपा लगायतका घरहरु नजल्दा कांग्रेस, एमाले र माओवादीको मात्र किन जले भन्दै प्रश्न गरे । 

उनले भने, ‘यो हिंसा लुटपात र आगजनी जुन भयो त्यो जेनजीले गर्नै सक्दैनन् भन्ने निर्णय निकाल्यौं । जेनजीको नकाबमा विदेशी स्वदेशी जसको पनि घुसपैठ भयो त्यो त पत्ता लगाउनुपर्छ । नेपालको वैद्यानिकतामा प्रश्न उठ्नेगरी नियोजित रुपमा आगो लगाइएको छ । शितल निवास जल्दा नारायणहिटी किन जलेन ? राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका घर नजल्दा कांग्रेस, एमाले र माओवादीको मात्र किन ? यो सुनुयोजित नै हो ।’ 

त्यस्तै कांग्रेसका नेता सुनिल शर्माले अहिलेको सरकारले फागुन २१ मा भयावहरत तरिकाले चुनाव गराउन नसक्ने दावी गरे । हिजो भएको घट्ना नदोहोरियोस् र  रगत बगाउन नपरोस् भन्नको लागि पहिले उठेका मेजर माग अहिले नै सम्बोधन गरेर जानुपर्ने उनको भनाई छ । 

उनले भने,‘हामी चुनाव चाहान्छौं । तपाईं चुनाव गराउन सक्नुहुन्छ । अहिलेको सरकारमा बस्नेले फागुन २१ मा भयावहरत तरिकाले चुनाव गर्न सक्नुहुन्छ ?त्यो सम्भव छैन । त्यो भए हिजो २३ र २४ को घट्ना नदोहोरियोस् भन्नको लागि फेरी हाम्रा बच्चाले रगत नबगाउन भन्नको लागि पहिले उठेका मेजर माग अहिले नै सम्बोधन गरेर जाऊ ।’

त्यसैगरी जेनजी प्रतिनिधि रक्षा बमले अहिलेको अवस्थामा गृहमन्त्रीको राजीनामा कुनै निकास नभएको भन्दै उनलाई काम गर्न दिनुपर्छ भन्ने आफूहरुको धारणा रहेको बताइन् । 

लोकतन्त्रको सबैभन्दा ठूलो सत्रु भागभण्डा भएको बताउँदै बमले आफ्नो स्वार्थको लागि भागबण्डा गरेर देशलाई सक्काएर यहाँसम्म आइपुग्ने राजनीतिक दलका नेताहरुबाट नै लोकतन्त्रलाई खतरा रहेको टिप्पणी गरिन् । 

उनले भनिन्,‘अहिलेको अवस्थामा गृहमन्त्रीको राजीनामा कुनै निकास होइन् । उहाँलाई काम गर्न दिनुपर्छ भन्ने हो । लोकतन्त्रलाई र संविधानलाई खतरा छ भन्ने कुरा यहाँ आइरहेको छ । लोकतन्त्रको सबैभन्दा ठूलो सत्रु भागबण्डा हो । जो आफ्नो स्वार्थको लागि भागबण्डा गरेर देशलाई सक्काएर यहाँसम्म आइपुग्नुभएको छ । लोकतन्त्रलाई यहाँहरुबाट नै खतरा छ ।’

त्यस्तै उनले हतियार उठाएका माओवादीलाई समेत शान्ति सम्झौतामार्फत ल्याएर चुनाव गरिएको उदाहरण दिँदै अहिलेको माहोल त्यति अशान्तिपूर्ण नरहेकोले कुनै पनि हालतमा निर्वाचन हुने दावी गरिन् । माहोल छैन भनेर चुनाव टार्ने काम नगरी आफ्नो तर्फबाट हुने सहयोगमा जुट्न सबैलाई उनको अपिल छ । 

‘हतियार उठाएका माओवादीलाई त शान्ति सम्झौतामार्फत ल्याएर चुनाव गरियो भने अहिलेको माहोल त त्यति अशान्तिपूर्ण पनि छैन । त्यसैले यो अवस्था, यो माहोल छैन भनेर चुनाव टार्ने काम नगरौं । बरु आफ्नो तर्फबाट के गर्न सकिन्छ भनेर सहयोग गरौं ।’

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीनारायणहिटी दरबारनेपाली काँग्रेसराष्ट्रिय प्रजातन्त्र पार्टी
काठमाडौँ6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...