नेपाली कम्युनिस्ट पार्टीको विलयपछि रामकुमारी र किसानले भेटे ओली, एमालेमा फर्किने’

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

40
Share
Featured

काठमाडौँ,माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा विलय भएपछि केही नेता नेकपा एमालेमा फर्किने भएका छन् ।

समाजवादीबाट बाहिरिएकी नेतृ राम कुमारी झाँक्री र किसान श्रेष्ठलगायत ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू आगामी सोमबार एमालेमा फर्किने भएका छन् ।

त्यसकै तयारीका लागि झाँक्री र श्रेष्ठले बिहीबार भक्तपुरको गुण्डुमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग संवाद गरेका छन् ।

उक्त संवादपछि उनीहरू आगामी सोमबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृह, काठमाडौंमा ‘घर फर्कने अभियान’ कार्यक्रम गरेर एमालेमा फर्किने तय भएको ओलीनिकट नेता महेश बस्नेतले बताएका छन् ।



 

यो समाचारमा

माधवकुमार नेपालकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)राम कुमारी झाँक्री
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...