सर्लाहीमा मतदाता नामावली दर्ता अभियानमा २३ सय भन्दा बढी नयाँ मतदाता दर्ता

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

24
Share
Featured
  • सर्लाहीमा असोज १० देखि कात्तिक १७ सम्म २,३६५ नागरिकले नाम दर्ता गराएका छन्।
  • पर्वका कारण केही ढिलाइ भए पनि दैनिक औसत १७०–२०० जना नयाँ दर्ता भइरहेका छन्।
  • दुर्गम क्षेत्रका सेवाग्राहीहरूलाई सदरमुकाम पुग्नुपर्ने बाध्यताले समस्या परेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


सर्लाहीमा जारी मतदाता नामावली संकलन अभियानमा हालसम्म २३ सय भन्दा बढी नागरिकले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार असोज १० गतेदेखि कात्तिक १७ गतेसम्म जम्मा २,३६५ जनाको नामावली दर्ता भइसकेको छ ।

जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहका अनुसार दशैं, तिहारछठ पर्वजस्ता पर्वका कारण केही समय काम प्रभावित भए पनि हाल दैनिक औसत १७० देखि २०० जनासम्म नयाँ नाम दर्ता भइरहेकाले कार्य पुनः तीव्र गतिमा अघि बढेको छ । सेवाग्राहीको चाप व्यवस्थापन गर्न कार्यालयले बिहान ८ बजेदेखि नै सेवा प्रवाह गरिरहेको उनले बताए ।

हालै सरकारले ल्याएको अध्यादेश अनुसार ‘जेनजी पुस्ताका’ युवा मतदाताले पनि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न पाउने भएपछि नाम दर्ता गर्न आउने युवाको संख्या उल्लेख्य रूपमा बढेको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले यसपटक देशभरका नागरिकलाई जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमा गएर मतदाता नामावली दर्ता वा अद्यावधिक गर्न सक्ने व्यवस्था गरेको छ । तर, मतदानका लागि उमेर १८ वर्ष पूरा हुनुपर्नेछ । नामावली दर्ता तथा अद्यावधिक प्रक्रिया कात्तिक ३० गतेसम्म जारी रहनेछ ।

यद्यपि, जिल्लाका दुर्गम क्षेत्रका सेवाग्राहीले सदरमुकाम मलंगवामै पुगेर नाम दर्ता गर्नुपर्ने बाध्यताले समस्या भएको गुनासो गरेका छन् । एकै दिनमा काम नसकिँदा राति मलंगवामा बस्नुपर्ने र खर्च बढ्ने समस्या उनीहरूले बताएका छन् ।

निर्वाचन अधिकारी साहका अनुसार हालसम्म जिल्लाभरका नाम दर्ता र अद्यावधिक कार्य सदरमुकामस्थित कार्यालयमार्फत मात्रै गर्न निर्देशन आएकोले भीड बढेको र सोही कारण असुविधा उत्पन्न भएको हो ।

यो समाचारमा

तिहारकाठमाडौँदशैंछठ पर्व
सर्लाही4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    काठमाडौं । सरकारले बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त र चोरी पैठारी गरिएका सामान बिक्री गर्ने व्यवसायीलाई कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो।भौतिक बजारका साथै

    Data is loading...

    Loading brands...

    Loading footer...