जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल झन गिरेको छ :गभर्नर

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

21
Share
Featured

काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले व्यापारीहरुको मनोबल झन गिराउने काम गरेको बताएका छन् । 

बुधबार नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘विध्वंश पछिको अर्थतन्त्र : कारण र चुनौती’ विषयक चौथो प्यानल छलफलमा बोल्दै उनले विगत एक दुई वर्षदेखि नै पैसा भएरपनि देशमा लगानी नभएको अवस्थामा जेनजी आन्दोलन भएको भन्दै त्यसले झन धेरै व्यापारीको मनोबल गिराउने काम गरेको बताए । 

उनले भने, ‘विगत एक दुई वर्षदेखि नै पैसा थियो तर लगानी भइरहेको थिएन । व्यापारीहरुको मनोबल गिर्दै गिर्दैै गइरहेको थियो । त्यसको लागि चाहिने जुन बिगपुस छ त्यो भइराखेको थिएन । हामी आफैले पनि ठूलो लगानीहरु आकर्षित गर्न सकिराखेका थिएनौं । जुन जुन कुराले अर्थतन्त्रलाई गति दिन्थ्यो जुन पोलिसी रिफर्महरु चाहिन्थ्यो जसले लगानी बढाउन सक्थ्यो त्यो भएको थिएन । त्यो अवस्थामा जेनजी आन्दोलनको घट्ना भयो । यसले एक हदमा त्यो मनोबल झन गिराउने काम गरेको छ ।’

त्यस्तै, उनले लगानी काठमाडौंमा मात्र बढि केन्द्रीत भएको भन्दै सबै क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे । 

यो समाचारमा

डा. विश्वनाथ पौडेलकाठमाडौँनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...