एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्छ : चन्द्रकान्त भण्डारी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

18
Share
Featured
  • चन्द्रकान्त भण्डारीले समानुपातिक प्रणालीले सिण्डिकेटलाई जन्माएको बताए र कुनै व्यक्तिले दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुनुपर्ने व्यवस्था राख्नुपर्ने सुझाव दिए।
  • उनले संसद् एक हप्ताका लागि विघटन गरी आवश्यक संविधान संशोधन गरेर निर्वाचन गराएमा देशको राजनीतिक रोग स्थायी रूपमा हट्न सक्ने दावी गरेको बताए।
  • प्रणाली मात्र पर्याप्त नभएको भन्दै इमान्दार नेतृत्व र इच्छाशक्ति आवश्यक भएको र प्रदेशलाई खारेज गर्नेलगायत संवेदनशील विषय प्रशासनिक रूपमा विकासपूर्वक सम्हाल्नुपर्ने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले धेरै पटक प्रधानमन्त्री हुँदा र समानुपातिक प्रणालीले गर्दा सिण्डिकेट भएको भन्दै दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित जेनजी र वृहत राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जान सकेमा देशको रोग सँधैको लागि हट्न सक्ने बताए । 

उनले भने,‘तपाईंहरुले प्रदेशको खारेजीको कुरा उठाउनुभएको छ । अहिले हामीले प्रदेशको खारेजीको कुरा गर्यौं भने नेपाल विखण्डन हुन सक्छ । त्यसैले यसलाई प्रशासनीक रुपले विकास गर्नुपर्छ । प्रधानमन्त्री धेरै हुँदा, समानुपातिक प्रणालीले गर्दा सिण्डिकेट भयो । दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्छ । अहिले हामी चुनावमा गयौं भने व्यक्ति परिवर्तन होला तर प्रवृत्ति परिवर्तन हुँदैन् । जुन यो रोग छ । एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर हामी निर्वाचनमा गयौं भने सँधैको लागि यो रोग हट्छ ।’ 

त्यस्तै उनले इच्छाशक्ति भएको र इमान्दार नेता भएन भने प्रणाली राम्रो भएर मात्र देश बन्न सम्भव नहुने धारणा राखे । 

‘यो अहिलेको प्रणाली राम्रो हो । तर इच्छाशक्ति भएको इमान्दार नेता भएन भने राम्रो देश बन्दो रहेनछ । इमान्दार नेताको हातमा परेन भने युवाहरुले हामीलाई असहयोग गरेर विदेश उड्दो रहेछन् । जुन कुरा मेरो विगतको अनुभवले पनि देखाएको छ,’ उनले भने । 

यो समाचारमा

नेपालनेपाली काँग्रेसडा. चन्द्र भण्डारीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...