घनश्याम समूहले मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने, पार्टी एकतामा नजानेहरूओलीसँग नफर्किन आग्रह

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १९, बुधबार

13
Share
Featured

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले पार्टी पुनर्गठनका लागि मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले अबको यात्रा भेलाबाट नै तय गर्ने बताए । 

उनले एकतामा नजाने एकीकृत समाजवादीका कमिटीका नेताहरूलाई सोही जिम्मेवारीमा क्रियाशील हुन आग्रह गरे ।

“मंसिर पहिलो हप्तासम्म राष्ट्रिय भेला गर्नेछौँ । त्यही भेलामा हामी जम्मा हुनेछौँ र अब कसरी जाने भन्ने कुरा त्यहीबाट गम्भीर हिसाबले छलफल गरेर हाम्रो बाटो तय गर्नेछौँ । त्यतिबेलासम्मका लागि नआत्तिनुहोला,” उनले भने ।

उनले पार्टी एकतामा नजानेहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नफर्किन आग्रह गरे ।

यो समाचारमा

घनश्याम भूसालनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...