
काठमाडौँ।सुक्खा पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार साँझ सवा ५ बजे चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै पहिरो खसेको थियो।पहिरो पन्छाउने काम सकिएसँगै साँझ सवा ६ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो।