पालिका अध्यक्ष भोलनद्वारा सरकारी गाडी फिर्ता

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

18
Share
Featured
  • घ्याङ्लेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले आफूले प्रयोग गर्दै आएको सरकारी स्कार्पियो गाडी कार्यालयमा फिर्ता गरी अबदेखि केवल कार्यालयका नियमित कार्य र आपतकालीन प्रसूति सेवाका लागि मात्र प्रयोग हुने व्यवस्था मिलाएका छन्।
  • सार्वजनिक सम्पत्ति जनताको सेवामा प्रयोग हुनुपर्छ भन्ने विश्वासका साथ अध्यक्ष भोलनले व्यक्तिगत सुविधा त्यागेर सुशासन र पारदर्शिताको उदाहरण प्रस्तुत गरेका छन्।
  • नेपालका धेरै स्थानीय तहहरूमा जनप्रतिनिधिहरूले सरकारी सवारीसाधन व्यक्तिगत प्रयोजनमा दुरुपयोग गर्ने प्रवृत्ति रहेको अवस्थामा उनको कदम प्रशंसनीय मानिएको छ।
  • सिन्धुलीको दुर्गम क्षेत्र घ्याङ्लेखका स्थानीयहरूले भोलनको निर्णयलाई सेवामुखी र व्यवहारिक कदमका रूपमा स्वागत गर्दै यसले अन्य पालिकाका प्रमुखहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


सिन्धुलीको घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भेालनले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन गाउँपालिकामा फिर्ता गरेका छन् ।

उनले उक्त गाडी अबदेखि व्यक्तिगत प्रयोजनमा प्रयोग नगरी कार्यालयका नियमित काम र आपतकालीन प्रसूति सेवाका लागि मात्र प्रयोग गरिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 

गाउँपालिकाको स्रोत र सम्पत्ति जनताको सेवाका लागि प्रयोग हुनुपर्ने भएकाले आफूले सो सुविधा त्यागेको उनले बताएका छन् । गाउँपालिकाका प्रमुम प्रशासकीय अधिकृतलाई सम्बोधन गरी उनले लेखेको पत्रमा भनिएको छ ।

‘गाउँपालिकाको नाममा दर्ता रहेको बा २ झ ३६८० नम्वरको सरकारी डबल क्याप स्कार्पियो गाडी कार्यालय कामको प्रयोजनको लागि मैले प्रयोग गरिरहेकोमा हाल मुलुकमा आएको विद्यमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै कार्यालयको मातहतमा राखी कार्यालयको कामकाज तथा आपतकालीन प्रसूति सेवाको लागि मात्र प्रयोग गर्ने गरी आजको मितिबाट फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

नेपालका धेरै स्थानीय तहहरूमा प्रमुख तथा उपप्रमुखहरुले कार्यालय प्रयोजनका लागि उपलब्ध गराइएका सरकारी गाडीहरू व्यक्तिगत र पारिवारिक प्रयोजनमा दुरुपयोग गर्ने गरेको सार्वजनिक आलोचना हुँदै आएको छ । 

चाडपर्वका बेला टीका लगाउन, जन्ती जान वा घरायसी प्रयोजनमा प्रयोग हुने यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न स्थानीय तहमा नीति बने पनि व्यवहारमा प्रभावकारी रूपमा लागू हुन सकेको छैन ।

यस पृष्ठभूमिमा अध्यक्ष भोलनको कदम सकारात्मक प्रशासनिक अभ्यास र सुशासनको उदाहरणका रूपमा लिइएको छ । गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय नागरिकहरूले उनको निर्णयको स्वागत गर्दै यसले अन्य पालिकाका प्रमुखहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

घ्याङ्लेख गाउँपालिका सिन्धुली जिल्लाको उत्तरी भागमा अवस्थित दुर्गम स्थानीय तह हो। यहाँका अधिकांश बस्तीहरू सडक सञ्जाल र यातायात सुविधाबाट अझै पूर्ण रूपमा जोडिएका छैनन् ।

यस्तो क्षेत्रमा सरकारी सवारीसाधन आपतकालीन अवस्थाको लागि उपयोगी हुने भएकाले अध्यक्ष भोलनको निर्णयलाई स्थानीयले सेवामुखी र व्यवहारिक कदमका रूपमा लिएका छन् ।

यो समाचारमा

सिन्धुलीघ्याङलेख गाउँपालिकाकाठमाडौँजगत बहादुर भेालन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...