खडेरीले धान नफलेपछि मुगुका किसानले लगाए धानबालीमा आगो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १४, शुक्रबार

11
Share
Featured
  • मुगु खत्याड गाउँपालिका–१० का करिब १२५ किसानले खडेरीका कारण धानमा बाला नलागेपछि खेतमै आगो लगाएका छन्।
  • लामो समय वर्षा नपरेको, सिंचाइ कुलो बगाएको र बाली सुक्दा स्थानीयहरू भोकमरीको चिन्तामा परेका छन्।
  • गाउँपालिका अध्यक्षले प्रभावित किसानका लागि राहत र आगामी वर्षका लागि बीउ तथा सिंचाइ व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मुगु जिल्लाको खत्याड गाउँपालिका–१० ह्रायाङ्खुका किसानहरूले यस वर्ष खडेरीका कारण धान उत्पादन नहुँदा खेतमै आगो लगाएका छन्। लामो समयसम्म वर्षा नपरेपछि रोपिएको धानमा बाला नलागेपछि किसानहरू आक्रोशित बनेका हुन्। करिब १२५ घरपरिवारले लगाएको धान खेतमा फल नलागेपछि निराश किसानहरूले सामूहिक रूपमा खेतमा आगो लगाएर विरोध जनाएका छन्।

ह्रायाङ्खु गाउँमा धान मुख्य खाद्यान्न बाली हो, र अधिकांश किसान धान खेतीमै निर्भर छन्। तर, यस वर्षको असामान्य खडेरीले उनीहरूको जीवनयापन संकटमा पारेको छ। पाखे जमिन सीमित भएकाले उनीहरूका लागि धान उत्पादन नभएपछि वर्षभरको खाद्यान्न अभाव हुने अवस्था सिर्जना भएको छ। यसले स्थानीय बासिन्दाहरूमा भोकमरीको डर र भविष्यप्रतिको अनिश्चितता बढाएको छ।

स्थानीय किसान धनलाल रोकायाका अनुसार धान रोप्ने समयमा वर्षा नपरेको र त्यसपछि आएको बाढीले सिंचाइ कुलो बगाएपछि बाली सुक्न पुगेको हो। उनले अब परिवार भोकै बस्नुपर्ने अवस्था आएको भन्दै तीन तहका सरकारहरूसँग राहतको अपेक्षा राखेका छन्। उनले भारततिर वैकल्पिक रोजगारीको सम्भावना पनि अब छैन भन्दै परिवारको विचल्ली हुने चिन्ता व्यक्त गरेका छन्।

अर्का किसान चन्दबहादुर रोकायाले आगामी वर्ष धानको बीउकै संकट हुने बताएका छन्। गाउँपालिका अध्यक्ष अजबहादुर शाहीका अनुसार समयमा पानी नपर्दा धानबालीमा खडेरी परेको हो। उनले स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर राहतका कार्यक्रम ल्याउने तयारी भइरहेको बताए। साथै, भविष्यमा यस्ता समस्या नदोहोरियोस् भनी सिंचाइ तथा बीउ व्यवस्थापन सुधारमा प्राथमिकता दिने योजना पनि अगाडि सारेका छन्।

यो समाचारमा

काठमाडौँमुगुखत्याड गाउँपालिका

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...