यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ११, मङ्गलबार

12
Share
Featured
  • देशमा पश्चिमी वायू र अरब सागरको न्यून चापीय प्रणालीको प्रभावले सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ।
  • दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाडी–हिमाली भागमा मध्यम वर्षा/हिमपात र अन्य पहाडी क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
  • राति गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा/हिमपात, साथै गण्डकीका उच्च पहाडी भागमा भारी वर्षा/हिमपात हुने सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपात तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राति भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको पनि सम्भावना रहेको छ ।

यो समाचारमा

कर्णाली प्रदेशलुम्बिनी प्रदेशगण्डकी प्रदेशकाठमाडौँ
सुदूरपश्चिम प्रदेश4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...