दलहरुले जेनजीसँग छलफल गरेर संविधान परिवर्तन गर्नुपर्छ : चन्द्र भण्डारी

Author

सजिलो पत्रिका

२०८२ असोज २८, मङ्गलबार

24
Share
Featured
  • चन्द्रकान्त भण्डारीले देश गम्भीर राजनीतिक संकटमा रहेको भन्दै काँग्रेसले लोकतन्त्र र जनताको हितलाई प्राथमिकता दिनुपर्ने बताए।
  • उनले पार्टीको महाधिवेशन समयमै गर्ने वा सार्ने निर्णय केन्द्रिय कमिटीले लिने बताए र नेतृत्व परिवर्तन हुने संकेत गरे।
  • भण्डारीका अनुसार दलहरूले जेनजी पुस्तासँग संवाद गरी संविधानमा आवश्यक संशोधन गरेर राजनीतिक स्थायित्वको निकास खोज्नुपर्ने छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

मंगवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाली काँग्रेसले मुलुक, लोकतन्त्र र नागरिक अधिकारलाई प्राथमकिता दिँदै आएको पनि बताए ।

उनले मुलुकको वर्तमान राजनीतिक संकट र संवैधानिक विचलनको अवस्थाबाट कसरी अघि बढ्ने भन्नेबारे केन्द्रिय कमिटीको बैठकले ठोस निर्णय गर्ने पनि बताए ।

उनकाअनुसार बैठकले पार्टीको महाधिवेशन नियमित समयमा गर्ने कि सार्ने विषयमा समेत निर्णय गर्नेछ । उनले पार्टी सभापति शेर बहादुर देउबाले यसअघि नै नेतृत्व छोड्ने बताइसकेको उल्लेख गर्दै निश्चय पनि अगामी महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने पनि बताए ।

नेपाली काँग्रेसले अन्य राजनीतिक दलहरु र जेनजी पुस्ताहरुसँग समेत सल्लाह गरेर संविधानमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । उनले समानुपातिक सांसदहरुलाई कहाँ राख्ने र एउटै राजनीतिक दलको बहुमत कसरी आउनसक्छ भन्ने कुरालाई निकास दिनको लागि संसदबाट पास गर्नेगरी संविधान ब्युँताउन जरुरी रहेको बताए ।

यो समाचारमा

काठमाडौँशेर बहादुर देउबानेपाली काँग्रेसडा. चन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...