कांग्रेस केन्द्रीय समितिको पूर्ण बैठक २८ गते बस्ने गरि सारियो

Author

सजिलो पत्रिका

२०८२ असोज २५, शनिबार

17
Share
Featured

काठमाडौं ।


नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २६ गते बस्ने भनिएको केन्द्रीय समितिको पूर्ण बैठक २८ गतेको लागि सारेको बताएका छन् । 

शनिबार बसेको काङ्ग्रेसको पदाधिकारी बैठकपश्चात उनले एकजुट भएर पार्टीलाई परिचालन गर्ने ठाँउमा पुग्न र राजनीतिक मुद्धाहरुमा स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नको लागि भनेर बैठक दुई दिनको लागि सारेको बताए ।

उनले भने, ‘भोली २६ गतेको केन्द्रीय समितिको जुन पूर्ण बैठक हामीले राखेका थियौं । त्यसलाई दुईदिन पछि २८ गतेको लागि सार्ने र जति पनि विषयवस्तुहरु हामीले छलफल गर्नु र निष्कर्षमा पुग्नु छ ।

त्यसलाई अझ सानो गरेर केन्द्रीय समितिमा छलफल हुदा त्यो सहज होस र छिटै निष्कर्षमा पुगेर केन्द्रीय समितिको बैठक समापन गरेर एकजुट भएर हामीले पार्टीलाई परिचालन गर्ने ठाँउमा पुग्न सकौं र राजनीतिक मुद्धाहरुमा पनि स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न सकौं भनेर दुई दिनको लागि बैठक सारेको हो ।’

यस्तै, उनले २८ गतेको बैठकमा ठोस ऐजण्डासहित प्रस्तुत हुने योजना बनाएको पनि बताए ।  


यो समाचारमा

नेपाली काँग्रेसडा. प्रकाशशरण महत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...