मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

Author

सजिलो पत्रिका

२०८२ असोज २४, शुक्रबार

21
Share
Featured
  • मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले असोज २८ गते विश्वासको मत लिने भएका छन्।
  • उनले प्रदेश सभालाई पत्र लेखेर विश्वासको मतको कार्यसूची मिलाइदिन आग्रह गरेका छन्।
  • राजीनामाको चर्चा बीच आएको पत्रले मुख्यमन्त्री सिंह राजीनामा नदिने संकेत गरेको छ।
समाचार सारांशGenerated using AI.

जनकपुर ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री सिंहले आज मधेश प्रदेश सभालाई पत्र लेखेर यहि असोज २८ गते विश्वासको मत लिने व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।

गत बुधबार मात्र कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा मधेश प्रदेशको सरकारको नेतृत्वका लागि दाबी पेस गरेका थिए । उनले एमाले र जनमतसँग मिलेर सरकार बनाउन दाबी पेस गरेका थिए ।

मुख्यमन्त्री सिंहले राजीनामा दिने चर्चा भइरहेको बेला आज उनले प्रदेश सभालाई लेखेको पत्रले उनले राजीनामा नदिने स्पष्ट भएको छ ।


यो समाचारमा

जनकपुरमधेश प्रदेशसतिश कुमार सिंह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...