अमेरिकी डलरसहित यी विदेशी मुद्राको मूल्य घट्दा केहीको बढ्यो

Author

सजिलो पत्रिका

२०८२ असोज १६, बिहिबार

12
Share
Featured
  • नेपाल राष्ट्र बैंकले असोज १६ (बिहीबार) का लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ।
  • आज अमेरिकी डलर, युरो, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी र कतारी रियालको मूल्य थोरै घटेको छ भने यूके पाउन्ड, अस्ट्रेलियन डलर, सिङ्गापुर डलर र जापानी येनको मूल्य बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (असोज १६, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरोपियन युरो, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन, कतारी रियालको भाउ थोरै घट्दा युके पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येनको भने बढेको छ। 

जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ। यस्तै आज युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९० पैसा, यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ९५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

यस्तै आज स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ५० पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा कायम गरिएको छ। 

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७० पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०२ रुपैयाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा कायम भएको छ।

यो समाचारमा

काठमाडौँनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...