रुसले किभमा गरेको भीषण आक्रमणमा चारको मृत्यु, २७ घाइते

Author

सजिलो पत्रिका

२०८२ असोज १२, आइतबार १४:५५

21
Share
Featured

काठमाडौँ । युक्रेनको राजधानी किभमा रुसले गरेको भीषण आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार, रातभर जापोरिझ्झियासहित धेरै क्षेत्रमा ड्रोन आक्रमण हुँदा तीन बालबालिकासहित कम्तीमा १६ जना घाइते भएका छन् ।

युक्रेनका विदेशमन्त्रीले पछिल्ला आक्रमणमा सयौँ ड्रोन र क्षेप्यास्त्र प्रयोग भएको बताएका छन् । रुसले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको युद्ध केवल युक्रेनमै सीमित नहुने चेतावनी दिएका थिए । उनका अनुसार, रुसले हालै नेटो सैन्य गठबन्धनका विभिन्न देशहरूमा गरेको घुसपैठमार्फत युरोपेली वायु रक्षा प्रणालीको परीक्षण गरिरहेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भइरहेका युद्ध अन्त्य गर्ने प्रयासहरूलाई अस्वीकार गर्दै आएका छन् ।

जेलेन्स्कीले भने, “पुटिनले युक्रेनमा आफ्नो युद्ध अन्त्य गर्ने छैनन् । उनी अर्को कुनै मोर्चा खोल्ने छन् । तर, कहाँ भन्ने कसैलाई थाहा छैन । यही उनको चाहना हो ।”

उनले यो भनाइ पछिल्लो रुसी आक्रमण सुरु हुनुभन्दा केही घण्टाअघि राखेका थिए । क्षतिको विस्तृत विवरण भने अझै आउन बाँकी छ । बीसीबाट ।

यो समाचारमा

युक्रेनकाठमाडौँ

ट्यागहरू

#राष्ट्रपति भोलोदिमिर#युक्रेनका विदेशमन्त्री#युक्रेनको राजधानी किभमा#काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    sajilo patrika

    इरानमाथि अमेरिकाको लगातार नवौँ रात भीषण आक्रमण, एक अमेरिकी सैनिकको मृत्यु

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू