
काठमाडौँ । युक्रेनको राजधानी किभमा रुसले गरेको भीषण आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।अधिकारीहरूका अनुसार, रातभर जापोरिझ्झियासहित धेरै क्षेत्रमा ड्रोन आक्रमण हुँदा तीन बालबालिकासहित कम्तीमा १६ जना घाइते भएका छन् ।युक्रेनका विदेशमन्त्रीले पछिल्ला आक्रमणमा सयौँ ड्रोन र क्षेप्यास्त्र...