पूर्वराजा ज्ञानेन्द्रको दसैँ सन्देश, 'नयाँ पुस्ताको अभिलाषा समेट्नुपर्छ, अब बिगार्ने होइन सपार्नेतिर लागौँ'

Author

सजिलो पत्रिका

२०८२ असोज १२, आइतबार

13
Share
Featured
  • पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देशमार्फत नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नुपर्ने र उनीहरूलाई राष्ट्र निर्माणको मेरुदण्डका रूपमा मान्नुपर्ने बताएका छन्।
  • उनले बिगार्ने होइन, बनाउनेतिर लाग्नुपर्ने, मर्यादा, अनुशासन, अग्रजको आदर र राष्ट्रिय चेतसहित अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
  • शाहले नेपाललाई स्वतन्त्र, स्वाभिमानी र अखण्ड राख्दै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी नयाँ पुस्ताले नवनिर्माणको बाटो समाउनुपर्ने संदेश दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्नेमा जोड दिएका छन्। उनले युवा पुस्तालाई राष्ट्रको भविष्यको आधारस्तम्भको रूपमा चित्रण गर्दै उनीहरूको देशभक्ति, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने प्रस्ट पारेका छन्। आइतबार शुभकामना सन्देश जारी गर्दै उनले युवा पुस्तामा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने प्रस्ट पारेका छन्। 

‘हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ । बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटि परे,’ उनले भनेका छन्, ‘अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ।’

पूर्वराजा ज्ञानेन्द्रले सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हुनै पर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन्। 

उनले सन्देशमा भनेका छन्, ‘जे भयो भयो, जे जे नहुनु थियो, त्यो सबै भयो । अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।’

हाम्रा पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरबशाली संस्कृतिको मेरुदण्ड रहेको पूर्वराजा शाहले प्रस्ट पारेका छन्।

‘यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैँ तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ।’

उनले नवदुर्गा भवानीको पूजा आराधनाका साथ परम्परामा शुभेच्छा, सद्भाव आदान–प्रदान गरिने दसैँ पर्वको शुभ अवसरमा नेपालभित्र र बाहिर रहे–बसेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गरेका छन्।

यो समाचारमा

काठमाडौँज्ञानेन्द्र शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...