राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच शीतल निवासमा भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ असोज ०८, बुधबार

18
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज दिउँसो १२ बजे शीतल निवासमा भेटवार्ता हुने छ।
  • आसन्न निर्वाचनसहित मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने अनुमान गरिएको छ।
  • जेनजी आन्दोलनपछि ओली सरकार ढलेर कार्की अन्तरिम प्रधानमन्त्री बनेकी हुन्, जसको सिफारिसमा संसद् विघटन भइसकेको छ; हाल मन्त्रिपरिषद् सदस्य ८ पुगेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज (बुधबार) शीतल निवासमा भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री कार्की दिउँसो १२ बजे राष्ट्रपतिलाई भेट्न शीतल निवास जाने कार्यक्रम तय भएको शीतल निवास स्रोतले जनाएको छ। आजको भेटवार्तामा आसन्न निर्वाचनलगायत मुलुकको समसामयिक राजनैतिक अवस्थाबारे छलफल हुने अनुमान गरिएको छ।

जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकार ढलेपछि गत भदौ २७ गते राष्ट्रपति पौडेलले सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

प्रधानमन्त्री कार्कीकै सिफारिसमा राष्ट्रपतिले लगत्तै संसद् विघटन  गरिसकेका छन्। हालसम्म अन्तरिम मन्त्रिपरिषद्‌मा सदस्य संख्या ८ पुगेको छ।

यो समाचारमा

सुशीला कार्कीकाठमाडौँरामचन्द्र पौडेलखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...