चाडपर्व लक्षित: आजदेखि सार्वजनिक सवारी साधनमा रुट परमिट खुला

Author

सजिलो पत्रिका

२०८२ असोज ०६, सोमबार

13
Share
Featured
  • चाडपर्वका लागि आजदेखि असोज २२ गतेसम्म यात्रुवाहक सार्वजनिक सवारी साधनमा रुट परमिट खुला गरिएको छ, जसअन्तर्गत रुट नलिइकनै देशभर गन्तव्यमा जान सक्नेछन्।
  • विशेष बाटोमा निषेध गरिएका ठूला सवारी साधनहरूमा भने बन्देज यथावत रहनेछ र यात्रुलाई अनिवार्य टिकट लिन आग्रह गरिएको छ।
  • सवारी चाप कम गर्न नारायणघाट–काठमाडौं खण्डमा आजदेखि पूर्णिमासम्म अत्यावश्यक वस्तु बाहेकका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

चाडपर्वको समयमा यात्रुहरूलाई सहज यात्राको सुविधा प्रदान गर्न आजदेखि देशभरका यात्रुवाहक सार्वजनिक सवारी साधनमा रुट परमिट खुला गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएअनुसार, यो व्यवस्था आगामी असोज २२ गतेसम्म कायम रहनेछ ।

रुट परमिट खुला भएसँगै अब सार्वजनिक यातायातका साधनहरूले रुट नलिइकनै देशभरका गन्तव्यस्थलसम्म जान पाउनेछन् । यद्यपि, कुनै विशेष बाटोको प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनहरूमा भने यो बन्देज कायमै रहनेछ ।

महासंघले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुहरूलाई अनिवार्य रूपमा टिकट लिन आग्रह गरेको छ ।

यसैबीच, यातायात आवागमनलाई थप सहज बनाउन सरकारले यसअघि नै महत्वपूर्ण निर्णय गरिसकेको छ । खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारीसाधनहरूलाई आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाइएको छ । यसले चाडपर्वमा हुने सवारी चापलाई कम गर्न र यात्रुहरूको यात्रालाई सुरक्षित बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...