आज संविधान दिवस, टुँडिखेलमा विशेष कार्यक्रम हुँदै

Author

सजिलो पत्रिका

२०८२ असोज ०३, शुक्रबार

30
Share
Featured
  • संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ आज बिहान टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा मनाइँदै छ, जहाँ प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्।
  • विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकी प्रदर्शनलगायत केही कार्यक्रम स्थगित गरिएको छ।
  • २०७२ असोज ३ गते जारी संविधानले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा स्थापित गरेको स्मरण गर्दै राष्ट्रिय एकता र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यद्यपि, मुलुकको वर्तमान विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष झाँकी प्रदर्शनलगायतका केही कार्यक्रमहरू स्थगन गरिएका छन् ।

दिवसको मूल समारोह आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुँदैछ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहनेछ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेपाली जनताको लामो बलिदानीपूर्ण सङ्घर्ष र आन्दोलनको प्रतिफलस्वरुप संविधानसभाबाट 'नेपालको संविधान २०७२' असोज ३ गते घोषणा भएको थियो । दोस्रो संविधानसभाको निर्वाचनपश्चात् गठित संविधानसभाले अथक मेहनत र लामो छलफलपछि यो ऐतिहासिक संविधान जारी गरेको थियो ।

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले 'नेपालको संविधान, २०७२' जारी भएको घोषणा गर्नुभएको थियो । यस संविधानले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा स्थापित गरेको छ ।

यस वर्षको संविधान दिवसले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै राष्ट्रिय एकता र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ ।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...