महानगर प्रहरी प्रमुखको दाबी: 'सिंहदरबार आगलागीमा दमकल परिचालनमा ढिलाइ भएन'

Author

सजिलो पत्रिका

२०८२ असोज ०२, बिहिबार

21
Share
Featured
  • काठमाडौँ महानगरपालिकाले सिंहदरबारमा लागेको आगोमा दमकल नपठाएको आरोप असत्य भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरे।
  • उनले परिस्थिति अनुकूल नभएकाले केही ढिलाइ भए पनि दमकल परिचालन गरिएको स्पष्ट पारे।
  • पाण्डेका अनुसार महानगरले बालाजु, स्वयम्भू क्षेत्रबाट सयौँ पानी ट्यांकर ल्याई आगो निभाउन सक्रिय सहयोग गरेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी आन्दोलनका क्रममा सिंहदरवार जलिरहँदा पनि काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्ने कुरा गलत भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दाबी गरेका छन् ।

बिहीबार बिहान पत्रकार सम्मेलन गरी उनले आफूहरूले आगो निभाउन सक्दो प्रयास गरेको जिकिर गरेका हुन् । ‘महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो,’ उनले भने ।

तर, आगो लाग्नेबित्तिकै दमकल सिंहदरबार लाने परिस्थिति नभएका कारण केही ढिला भएको उनले बताए । ‘दमकल जान सक्ने अवस्थामा, दमकल सुरक्षित भएर जान सक्ने अवस्थामा हामीले ढिलाइ गरेका छैनौँ,’ उनले भने ।

पाण्डेले थप स्पष्ट पार्दै भने, ‘हामीले विभिन्न व्यक्तिहरू अथवा विभिन्न कम्पनीहरूबाट बालाजु एरियाबाट, स्वयम्भू एरियाबाट हामीले आफ्नो व्यक्ति एप्रोचका आधारमा, महानगरको एप्रोचका आधारमा पानी तत्काल होस्, दमकलमा पानी सकिएपछि त्यही ठाउँमा पानी ट्यांकर पुर्‍याउन हामीले अनुरोध गरेर सयौँ पानी ट्यांकरहरू सहयोगका रूपमा लिएर आएर तत्काल पानी फिलिङ गर्ने पनि गर्‍यौँ ।’ यसबाट महानगरले आगलागी नियन्त्रणका लागि सक्रिय भूमिका खेलेको उनको भनाइ छ ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकासिंहदरवारकाठमाडौँराजुनाथ पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...