काठमाडौँ उपत्यकासहित देशभरबाट निषेधाज्ञा र कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दै

Author

सजिलो पत्रिका

२०८२ भदौ २८, शनिबार

25
Share
Featured
  • ६ दिनदेखि जारी कर्फ्यु र निषेधाज्ञा आज बिहानदेखि हटेसँगै काठमाडौं उपत्यका र अन्य जिल्लामा जनजीवन सामान्य बन्दै गयो।
  • सवारीसाधन, बजार र पसलहरू खुलेका कारण नागरिकले सहजता महसुस गर्न थालेका छन्।
  • राष्ट्रपति पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै राजनीतिक स्थिरता र जनजीवन सामान्यीकरणप्रतिको आशा बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विगत ६ दिनदेखि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि पूर्ण रूपमा हटेको छ। नेपाली सेना र स्थानीय प्रशासनले यसअघि भदौ २४ गतेदेखि नियमित रूपमा निषेधाज्ञा र कर्फ्युसम्बन्धी सूचना जारी गर्दै आएका थिए, तर आज भने कुनै पनि निकायबाट यस्तो सूचना जारी गरिएको छैन।

निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ। सवारीसाधनको आवागमन बढेको छ भने बजार तथा पसलहरू पनि खुल्न थालेका छन्। काठमाडौँ उपत्यकासँगै देशका विभिन्न जिल्लामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु पनि आज बिहानदेखि हटेको छ।

जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरेका थिए। यस आन्दोलनले देशभर ठूलो प्रभाव पारेको थियो।

जेन जी आन्दोलनको भावना र मागलाई सम्बोधन गर्दै गएराति राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएको हो। नयाँ सरकार गठनसँगै राजनीतिक स्थिरताको आशा पलाएको छ, जसले गर्दा सर्वसाधारणले राहत महसुस गरेका छन्।

यो समाचारमा

काठमाडौँसुशीला कार्कीरामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...