नवनियुक्त आइजीपी खापुङको प्रतिबद्धता: ‘सकेको राम्रो गर्छु, नराम्रो गर्नेछैन’

Author

सजिलो पत्रिका

२०८२ भदौ १९, बिहिबार

42
Share
Featured
  • नवनियुक्त ३२औँ आइजीपी चन्द्रकुवेर खापुङले दर्ज्यानी चिह्न समारोहमा सकेसम्म राम्रो गर्ने तर नराम्रो नगर्ने प्रतिबद्धता जनाए।
  • उनले प्रहरीको लक्ष्य निर्विकल्प र निस्शर्त सुरक्षा सुनिश्चितता भएको बताए।
  • प्रविधि र साधन स्रोतले सम्पन्न आधुनिक प्रहरी बल निर्माणतर्फ काम गर्ने संकेत गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रहरीका ३२औँ नवनियुक्त महानिरीक्षक (आइजीपी) चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सकेसम्म राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार गृह मन्त्रलयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा उनले यस्तो बताएका हुन्।

आइजीपी खापुङले भने, "सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन। मेरा सीमितताप्रति जानकार छु तर, राम्रो गर्ने प्रयास गर्नेछु। निर्विकल्प र निस्शर्त सुरक्षा सुनिश्चितता प्रहरीको लक्ष्य हो।"

तेह्रथुमबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै खापुङले प्रहरी संगठनका सकल दर्जाको हितका खातिर काम गर्ने बताए। उनले प्रविधि र साधन स्रोतले सम्पन्न प्रहरी बनाउने समय आइसकेको समेत औंल्याए। उनको यो भनाइले आधुनिक र सक्षम प्रहरी बल निर्माण गर्नेतर्फ उनको ध्यान केन्द्रित भएको देखाउँछ।

यो समाचारमा

काठमाडौँनेपाल प्रहरीतेह्रथुमगृह मन्त्रलय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...