चीनमा दोस्रो विश्वयुद्ध विजयको ८०औँ वर्षगाँठ: भव्य सैन्य परेडमा विश्व नेताहरूको उपस्थिति

Author

सजिलो पत्रिका

२०८२ भदौ १८, बुधबार

21
Share
Featured
  • दोस्रो विश्वयुद्ध समाप्त भएको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले बेइजिङको तियानमेन स्क्वायरमा भव्य सैन्य परेडको आयोजना गरेको छ, जसमा राष्ट्रपति सी जिनपिङले प्रमुख विश्व नेताहरूलाई स्वागत गरेका छन्।
  • परेडमा रुसी राष्ट्रपति पुटिन, उत्तर कोरियाली नेता किम जोङ-उन र प्रधानमन्त्री केपी शर्मा ओलीसहित २६ विदेशी नेताहरू सहभागी छन्।
  • चीनले परेडमार्फत हाइपरसोनिक मिसाइल, ड्रोन र फाइटर जेटजस्ता आधुनिक सैन्य उपकरण प्रदर्शन गर्दै आफ्नो सैन्य शक्ति र अन्तर्राष्ट्रिय प्रभाव प्रस्तुत गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चीनले आज राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको अवसरमा एक विशाल सैन्य परेडको आयोजना गरेको छ। यस भव्य समारोहमा चिनियाँ राष्ट्रपति शी जिनपिङले विश्वका प्रमुख नेताहरूलाई स्वागत गरेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनउत्तर कोरियाली नेता किम जोङ उनलगायतका उच्च पदस्थ व्यक्तिहरू परेडमा सहभागी भएका छन्। उत्तर कोरियाका नेता किम जोङ उन हिजो रेलमार्फत चीन पुगेका थिए। नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पनि यस महत्वपूर्ण अवसरमा सहभागी हुनुहुन्छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बेइजिङको तियानमेन स्क्वायरमा अहिले भव्य परेड चलिरहेको छ। यो परेड चीनको सैन्य शक्ति र भविष्यको दृष्टिकोण प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ। चीनले यसअघि सन् २०१५ मा पहिलो पटक भव्य परेडको आयोजना गरेको थियो।

यस 'विजय दिवस' परेडमा चीनले आफ्ना उन्नत सैन्य उपकरणहरू जस्तै ड्रोन, हाइपरसोनिक मिसाइल र अत्याधुनिक फाइटर जेटहरू प्रदर्शनमा राखेको छ। परेडमा ४५ सैनिक टुकडी सहभागी छन् र यो झन्डै ७० मिनेटसम्म चल्नेछ। चीनका सहायक विदेश मन्त्री हङ लेईले यसअघि आयोजित पत्रकार सम्मेलनमा यो सैन्य परेडमा २६ विदेशी नेताहरूको सहभागिता रहने जानकारी दिएका छन्। यो परेड चीनको बढ्दो सैन्य क्षमता र अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभाव प्रदर्शन गर्ने एक महत्वपूर्ण अवसर बनेको छ।

यो समाचारमा

नेपालभ्लादिमिर पुटिनखड्गप्रसाद शर्मा ओलीचीन
काठमाडौँ7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...