रास्वपा कार्यालयमा शिक्षक महासंघको धर्ना: ‘रमिता देखाइयो भन्नेलाई जवाफ हो’

Author

सजिलो पत्रिका

२०८२ भदौ १७, मङ्गलबार

59
Share
Featured
  • शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को वनस्थलीस्थित कार्यालयमा धर्ना दिएको हो।
  • महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धर्ना रमिता होइन, विद्यालय शिक्षाको उन्नति र सुधारको लागि भएको महाअभियान भएको बताए।
  • यसअघि महासंघले कांग्रेस, एमाले, माओवादी र नेकपा एसका कार्यालयहरूमा पनि धर्ना दिइसकेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वनस्थलीमा धर्ना दिएको छ । 

आन्दोलनरत महासंघले पहिलो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिने क्रममा मंगलबार रास्वपाको पार्टीका कार्यालयमा धर्ना दिएको हो । 

शिक्षा विधेयक सच्याउन माग राख्दै महासंघले विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिँदै  आइरहेको  छ  ।  धर्नामा  महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धेरैले महासंघले रमिता देखाएको भनेर प्रतिक्रिया दिएकोमा आपत्ति जनाउँदै रमिता देखाउने सोचबाट भन्दा पनि विद्यालय शिक्षाको उन्नती लागि महाअभियानमा आफूहरु जुटेको बताए । 

विधेयकलाई उल्टो बाटो हिडाएको कारण त्यसलाई सुल्टो बाटो हिडाउन आफूहरुले माग गरेको उनले बताए ।  उनले भने,‘विधेयकलाई उल्टो बाटो हिडाइएको छ । त्यसलाई सुल्टो बाटो हिडाउनुपर्यो भन्ने माग हो । चैत्र बैशाखको आन्दोलनलाई पनि मानिसले रमिता भनेको थिए । तर यो लोकतन्त्र हो र यहाँ आफूलाई लागेको बोल्न पाइन्छ ।

तर रमिता देखाउने सुविधा हामीलाई छैन् । विद्यालय शिक्षाको उन्नती लागि र भोलीको गुणस्तर विद्यालय शिक्षाको लागि एउटा महाअभियानमा छौं ।’  यसअघि कांग्रेस, एमाले र माओवादी, नेकपा एसको कार्यालयमा महासंघले धर्ना दिएको थियो । 


यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँनेपाल शिक्षक महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...