राष्ट्रियसभा बैठक बस्दै, भूमिसम्बन्धी विधेयक टेबुल हुने

Author

सजिलो पत्रिका

२०८२ भदौ १६, सोमबार

19
Share
Featured
  • राष्ट्रिसभाको बैठक आज दिउँसो ३:१५ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ।
  • वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरिने प्रस्ताव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन्।
  • सभाध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको राष्ट्रपतिको पत्रको जानकारी सभा समक्ष गराउनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिसभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’मा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक,२०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यो समाचारमा

विष्णुप्रसाद पौडेलकाठमाडौँनारायण प्रसाद दाहालराष्ट्रिय सभा
प्रतिनिधि सभा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...