नेपाल प्रहरीको ३२औँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

Author

सजिलो पत्रिका

२०८२ भदौ १३, शुक्रबार

41
Share
Featured
  • मन्त्रिपरिषद् बैठकले पहिलो वरीयताका एआईजी खापुङलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हो।
  • आफ्नो ब्याचमा एक्ला एआईजी रहेका खापुङले वरिष्ठता र समयमै सेवा अवधि बाँकी रहेकाले सहज रूपमा आईजीपी बन्ने अवसर पाए।
  • खापुङले भदौ १९ बाट कार्यभार सम्हाल्ने र कात्तिक २६ मा अनिवार्य अवकाशमा जानेछन्, उनले करिब तीन महिना मात्र आईजीपीको जिम्मेवारी सम्हाल्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो। खापुङ आफ्नो ब्याचका एक्ला एआईजी हुन्। हाल प्रहरीमा रहेका अरू एआईजी उनीभन्दा जुनियर हुन्। हालका प्रहरी महानिरीक्षक दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाश हुने भएपछि सरकारले एक साताअघि नै नयाँ आईजीपी नियुक्ति गरिएको हो।

नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाने र १८ गते मात्रै फर्किने भएकाले त्यसअघि नै आईजीपी नियुक्त गरिएको हो। खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन्। खापुङले झण्डै तीन महिना नेपाल प्रहरीको प्रमुख भएर काम गर्ने अवसर पाउने छन् ।खापुङले पनि वर्तमान आईजीपी दीपक थापासँगै इन्स्पेक्टर भर्नाका लागि फारम भरेका थिए । तर, सँगै भर्ना भएका यो ब्याचका इन्स्पेक्टरहरूलाई तीन पटकमा नियुक्ति दिइएको थियो । जसका कारण तीनै पटकमा नियुक्त भएकाहरुले आईजीपी बन्ने सौभाग्य पाए ।

पहिलो पटक २०५१ साल चैत ५ गते नियुक्ति लिइएका ५३ जनामध्येबाट यसअघि नै बसन्तबहादुर कुँवर आईजी भएर ५ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका थिए ।

दोस्रोमा, १९ भदौ २०५२ मा नियुक्ति लिएहरूमध्येबाट सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा आईजीपी बने । उनी पनि १८ भदौमा अवकाशमा जाने भएपछि तेस्रो लटमा नियुक्त भएका खापुङ एकल प्रतिस्पर्धी बनेका थिए ।

उनीसँगै तेस्रो लटमा नियुक्त भएका लालमणि आचार्य गत १० जेठमा एआईजीको ५६ वर्षे उमेर हदले अनिवार्य अवकाशमा गइसकेका छन् भने खापुङसँगै इन्स्पेक्टरमा नियुक्त भएका अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि एआईजीको ५६ वर्षे उमेर हदका कारण १५ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् ।

त्यसैलै खापुङ आफ्नो ब्याचका एकल प्रतिस्पर्धी बनेका थिए । प्रहरीमा अहिलेको प्रावधान कायम रहेमा उनी ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिकमा अनिवार्य अवकाशमा जानेछन्।

यो समाचारमा

काठमाडौँनेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहकारीको बचत १० खर्ब नाघ्यो, ४७ अर्ब माग दाबीमध्ये साढे २ अर्ब मात्र फिर्ता

     काठमाडौँ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको सहकारी क्षेत्रमा १० खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ बचत परिचालन भएको छ। वि.सं. २०८२ फागुन मसान्तसम्म देशभर दर्ता भएका ३२ हजार ३२५ सहकारीले ८२ हजार २१६ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन्।प्रतिवेदनअनुसार सहकारीको पारदर्शिताका लागि ल्याइएको 'कोपोमिस' प्रणालीमा आबद्ध

    Data is loading...

    Loading brands...

    Loading footer...