नेपालमा जलविद्युतको अपार सम्भावना छ: मन्त्री भण्डारी

Author

सजिलो पत्रिका

२०८२ भदौ १३, शुक्रबार

40
Share
Featured
  • उद्योगमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युत उत्पादन बढ्दो क्रममा रहेको र छिमेकी मुलुकमा निर्यात गर्न सकिने क्षमता रहेको बताए।
  • उनले विद्युतीय सामग्रीको प्रयोग बढाउने, उत्पादनमा प्रतिस्पर्धा गर्ने र निश्चित बजार सुनिश्चित गर्ने कुरामा जोड दिए।
  • मन्त्रीले स्वदेशी तथा विदेशी कम्पनीहरूको प्रयासमा सरकारको समर्थन रहेको उल्लेख गर्दै, उत्पादन र बजारीकरणमा नेपालका कम्पनीहरू सक्षम रूपमा प्रतिस्पर्धामा रहेको धारणा व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको बताएका छन् ।काठमाडौंको भृकुटीमण्डपमा आज नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले भने- ‘नेपालमा जलविद्युतको अपार सम्भावना छ’ उनले भने, ‘उत्पादन पनि भइरहेको छ । हामीले छिमेकी मुलुकमा निर्यात गर्नसक्छौँ । विभिन्न कम्पनीहरुले आफ्ना उत्पादनहरु प्रस्तुत गर्नुभएको छ । गुणस्तरमा प्रतिष्पर्धा भइरहेको छ । हाम्रो उत्पादनलाई वृद्धि गर्नेकुरा स्वाभाविक रूपमा हुन्छ । यसको खपत हुन्छ, यसको बजार निश्चित छ। नेपालले विद्युत छिमेकी देशमा पनि बेच्न सक्ने र विद्युतीय सामग्रीको प्रयोग अझ बढाउन सक्ने बताए ।’
उनले थपे- ‘सबै स्वदेशी, विदेशी कम्पनीहरुलाई नेपालमा स्वागत गर्दछौँ । निजी क्षेत्रबाट भइरहेको यो प्रयासलाई सरकारले विभिन्न किसिमको सहयोग गरिरहेको छ । यो सम्भावनासँगै यसको राम्रो भविष्य छ भन्ने म ठान्छु ।’

मन्त्री भण्डारीले आजको बजारमा वस्तुहरुको उत्पादन र बजारीकरणको होडबाजी रहेको उल्लेख गर्दै उक्त प्रतिष्पर्धामा नेपालका कम्पनीहरू पनि रहेको बताए ।

यो समाचारमा

दामोदर भण्डारीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...