राष्ट्रियसभा आजको बैठकमा अर्थमन्त्री पौडेलले जवाफ दिने

Author

सजिलो पत्रिका

२०८२ भदौ १३, शुक्रबार

19
Share
Featured
  • बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ।
  • अर्थमन्त्री विष्णु पौडेल मौखिक प्रश्नहरूको जवाफ दिनेछन्, र तुलसा कुमारी दाहालले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेश गर्नेछिन्।
  • विभिन्न मन्त्रीहरूले वैकल्पिक विकास वित्त, अभौतिक सांस्कृतिक सम्पदा संरक्षण, र सामाजिक सञ्जाल सम्बन्धी विधेयकहरू विधायन समितिमा दफावार छलफलका लागि पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभा बैठक पनि आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने तय भएको छ भने विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सबन्धी विधायन ब्यवस्था समितिको प्रतिवेदन पेश गर्ने छिन् ।

राष्ट्रियसभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् भने संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्री पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, सञ्चार सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यो समाचारमा

अर्थ मन्त्रालयबद्री पाण्डेविष्णुप्रसाद पौडेलप्रतिनिधि सभा
राष्ट्रिय सभा6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...