इम्बोस्ड नम्बर प्लेट जडान नगर्न यातायात महासंघको आह्वान, आन्दोलनमा उत्रिने चेतावनी

Author

सजिलो पत्रिका

२०८२ भदौ १०, मङ्गलबार

37
Share
Featured
  • सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पूर्वाधार र परामर्श बिना जबरजस्ती इम्बोस्ड नम्बर प्लेट लादिएको भन्दै व्यवसायीहरूलाई जडान नगर्न आग्रह गरेको छ।
  • महासंघले यो प्रविधिले नागरिक र व्यवसायीमाथि अनावश्यक आर्थिक भार पर्ने र व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा जानु राष्ट्र सुरक्षाका लागि खतरा हुने दाबी गरेको छ।
  • सरकारले जबरजस्ती लागू गरे आन्दोलन गर्ने चेतावनी दिँदै महासंघले निर्णय संशोधन नगरेसम्म सबै प्रकारका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न यातायात  व्यवसायीहरूलाई आह्वान गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले सरकारले बिना पूर्वाधार र छलफल यो प्रविधि लाद्न खोजेको भन्दै यसको विरोध गरेको हो।

महासंघका महासचिव भरत नेपालद्वारा जारी विज्ञप्तिमा बिना पूर्वाधार विदेशी प्रविधि भित्र्याएर नागरिक र यातायात व्यवसायीमाथि अनावश्यक आर्थिक भार थपिएको उल्लेख छ। "सरकार र सरोकारवाला पक्षबीच देखिएका अव्यावहारिक विषयहरूको संशोधनबिना सार्वजनिक, पर्यटन, ढुवानी तथा निजी सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न अनुरोध छ," विज्ञप्तिमा भनिएको छ।

महासंघले इम्बोस्ड नम्बर प्लेट जडान गर्दा नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा पुग्ने र यसले राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने दाबी गरेको छ।

यदि सरकारले जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गराउन खोजेमा आन्दोलनमा उत्रिने चेतावनीसमेत महासंघले दिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले भदौ ३ गते सूचना जारी गर्दै असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेपछि व्यवसायीहरूले यसको विरोध गरेका हुन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...