एकै पटक अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको सरुवा (सूचीसहित)

Author

सजिलो पत्रिका

२०८२ भदौ ०९, सोमबार

81
Share1
Featured
  • अर्थ मन्त्रालयले आज ९० जना शाखा अधिकृतको सरुवा गरेको छ, यसअघि पनि ८० भन्दा बढी सहसचिव र उपसचिवको सरुवा गरिएको थियो।
  • मन्त्री विष्णु पौडेलको एक वर्षे कार्यकालमा चौथो पटक भन्सार विभागको महानिर्देशक परिवर्तन भएको छ; महेश भट्टराई हटाई श्याम भण्डारीलाई नियुक्त गरिएको हो।
  • एक वर्षमा पटक–पटक भन्सार विभागको नेतृत्व फेरिँदा स्थायित्व र कार्यसम्पादनमा नकारात्मक असर पर्ने देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।  

अर्थ मन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले आज मातहतका ९० जना शाखा अधिकृतको सरुवा गरेको हो। यो सरुवासँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो एक वर्षे कार्यकालमा भन्सार विभागमा चौथो पटक महानिर्देशक परिवर्तन गरेका छन्।

मन्त्रालयको निर्णयअनुसार, रसुवागढी भन्सार कार्यालयमा कार्यरत रवीन्द्र प्याकुरेललाई आन्तरिक राजस्व विभाग मातहतको कार्यालयमा र ठूला करदाता कार्यालय ललितपुरका निर्मलकुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएको छ। योसँगै अन्य दर्जनौं अधिकृतको पनि जिम्मेवारी हेरफेर भएको छ। यसअघि गत साता मात्र मन्त्रालयले सहसचिव र उपसचिव स्तरका ८० भन्दा बढी कर्मचारीको सरुवा गरिसकेको थियो।

भन्सारमा निरन्तर अस्थिरता

अर्थ मन्त्रालयमा भएको यो पछिल्लो हेरफेरसँगै भन्सार विभागले फेरि नयाँ नेतृत्व पाएको छ। मन्त्री पौडेलले महेश भट्टराईलाई ६ महिनामै हटाएर उनको ठाउँमा श्याम भण्डारीलाई महानिर्देशक नियुक्त गरेका छन्। भण्डारी यसअघि मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख थिए।

२०८१ असार ३१ गते पौडेल अर्थमन्त्री नियुक्त हुँदा ढुण्डीराज निरौला विभागका महानिर्देशक थिए, जसलाई उनले एक महिनामै हटाएका थिए। त्यसपछि गत भदौ ६ गते हरिशरण पुडासैनीलाई ल्याइयो, तर उनको कार्यकाल पनि ६ महिना टिकेन। पुडासैनीपछि गत फागुनमा मन्त्री पौडेलका विश्वासपात्र मानिएका महेश भट्टराईलाई महानिर्देशक बनाइएको थियो। ६ महिनामै उनको पनि सरुवा भएको छ र उनलाई मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा तानिएको छ।


नवनियुक्त महानिर्देशक भण्डारीको ठाउँमा मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखको जिम्मेवारी टङ्कप्रसाद पाण्डेलाई दिइएको छ। एक वर्षको छोटो अवधिमा बारम्बार नेतृत्व परिवर्तन हुँदा भन्सार जस्तो संवेदनशील निकायको कार्यसम्पादन र स्थायित्वमा असर पर्ने देखिएको छ।

यो समाचारमा

विष्णुप्रसाद पौडेलअर्थ मन्त्रालयकाठमाडौँललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...