रविको समर्थनमा ३४ लाख हस्ताक्षर, उठ्यो ६५ लाख सहयोग

Author

सजिलो पत्रिका

२०८२ भदौ ०५, बिहिबार

32
Share
Featured
  • सहकारी ठगी मुद्दामा थुनिएका रवि लामिछानेको रिहाइ माग्दै रास्वपाले ३४ लाखभन्दा बढी हस्ताक्षर संकलन गरिसकेको छ।
  • हस्ताक्षरसँगै ‘रवि अभियान’ अन्तर्गत ६५ लाख रुपैयाँ सहयोग रकम पनि संकलन भएको छ।
  • समर्थन बढाउन रास्वपाले कञ्चनपुरबाट सुरु गरिएको ‘देश यात्रा’ अभियान पश्चिमबाट पूर्वसम्म सञ्चालन गर्दैछ, जसको नेतृत्व दीपक बोहोराले गरिरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सहकारी ठगीको अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा ३४ लाखभन्दा बढी हस्ताक्षर संकलन भएको छ। रास्वपाले लामिछानेको समर्थन र रिहाइको माग गर्दै देशव्यापी रूपमा सञ्चालन गरेको अभियानअन्तर्गत उक्त संख्यामा हस्ताक्षर संकलन भएको हो।

रास्वपाका प्रवक्ता मनिष झाले अहिलेसम्म ३४ लाख हस्ताक्षर संकलन भइसकेको र यो अभियान निरन्तर जारी रहेको जानकारी दिए। उनले भने, "आजसम्म ३४ लाख हस्ताक्षर संकलन भएको छ। साथै अभियानका लागि सहयोग स्वरूप ६५ लाख रुपैयाँ पनि संकलन भएको छ।"

हस्ताक्षर संकलन अभियानलाई थप प्रभावकारी बनाउन रास्वपाले ‘देश यात्रा’ नामक देशव्यापी अभियान पनि सुरु गरेको छ। प्रवक्ता झाका अनुसार यो यात्रा बुधबारदेखि सुदूरपश्चिमको कञ्चनपुरबाट सुरु भएको हो र यो पश्चिमबाट पूर्वी नेपालसम्म पुग्नेछ।

उक्त ‘देश यात्रा’ को नेतृत्व रास्वपाका सचिवालय सदस्य दीपक बोहोराले गरिरहेको पनि झाले जानकारी दिए।

यो समाचारमा

मनिष झाराष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछानेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...