उपसभामुख हटाउन खोज्नु लोकतन्त्रमाथिकै अपमान: सांसद परियार

Author

सजिलो पत्रिका

२०८२ भदौ ०४, बुधबार

20
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामगरविरुद्धको हस्ताक्षर संकलनप्रति कडा आपत्ति जनाउँदै प्रतिनिधिसभामा तीव्र आक्रोश व्यक्त गरेका छन्।
  • उनले उपसभामुख रानामगरको अन्तर्राष्ट्रिय स्तरको ख्याति र जनजाति महिला पहिचानलाई सम्मान गर्नुपर्ने बताए र रास्वपाले उनीप्रति पूर्ण समर्थन रहने स्पष्ट गरे।
  • परियारले सांसदहरूको विवेकलाई ‘हस्ताक्षरमा कैद गरेर’ राजनीतिक स्वार्थ साध्न खोजिएको भन्दै त्यसविरुद्ध गम्भीर चेतावनी दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन सत्ता गठबन्धनले हस्ताक्षर संकलन सुरु गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदमा आक्रामक रूपमा प्रस्तुत भएको छ। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउन खोज्नु लोकतन्त्रमाथिको गम्भीर खतरा भएको भन्दै कडा आक्रोश पाखेका छन् ।

प्रमुख सचेतक परियारले उपसभामुख रानामगर अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको व्यक्तित्व भएको भन्दै सत्तापक्षका सांसदहरूलाई कटाक्ष गरेका छन्। "उहाँले अन्तर्राष्ट्रिय स्तरमा जुन सम्मान पाउनुभएको छ, त्यत्ति तपाईँहरू जति उफ्रे पनि पुग्नुहुन्न," उनले भने।

मंगलबार बालुवाटार र सिंहदरवारमा भएको हस्ताक्षर संकलनलाई 'प्रहसन' को संज्ञा दिँदै परियारले भने, "यसले सदनलाई चोट पुऱ्याएको छ। सार्वभौम सांसदको जिम्मेवार पद उपसभामुखलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रका लागि ठूलो अपमान हो।"

उनले रानामगर एक जनजाति महिला भएको र रास्वपाले उनको अन्तर्राष्ट्रिय सम्मानलाई कदर गर्दै सदनमा ल्याएको स्पष्ट पारे।

सांसदको विवेकलाई हस्ताक्षरमा कैद गरेर राजनीतिक स्वार्थ पूर्तिका लागि प्रयोग गर्न खोजिएको भन्दै परियारले गम्भीर आपत्ति जनाए। "सांसदको विवेकलाई बन्दी नबनाऔँ। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर जुन बेला पायो त्यही बेला राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔं," उनले भने।

यो समाचारमा

काठमाडौँसिंहदरवारराष्ट्रिय स्वतन्त्र पार्टीइन्दिरा रानामगर
सन्तोष परियार4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...