मौसम पूर्वानुमानः यी क्षेत्रमा भारी वर्षाको सम्भावना

Author

सजिलो पत्रिका

२०८२ भदौ ०२, सोमबार

23
Share
Featured
  • मनसुन कमजोर रहे पनि जलवाष्पयुक्त हावाको प्रवेश जारी छ।
  • कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।
  • सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर बनेको छ। तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर साधारणतया बदली छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सोमबार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भूभाग लगायत देशको बाँकी पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई,  कोशी प्रदेश र बाग्मती प्रदेशको पहाडी भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यो समाचारमा

बागमती प्रदेशकोशी प्रदेशकाठमाडौँलुम्बिनी प्रदेश
गण्डकी प्रदेश4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि गरिने स्वास्थ्य परीक्षणमा रहेको 'सिण्डिकेट' अन्त्य गर्दै सरकारले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन पहल सुरु गरेको छ। यातायात व्यवस्था विभागले अब नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका जुनसुकै चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिने निर्णय गरेको हो।विभागका सवारी

    Data is loading...

    Loading brands...

    Loading footer...