वर्तमान राजनीतिक व्यवस्थाकै जगमा उभिएर मुलुकको भविष्य कोर्नुस् : राष्ट्रपति पौडेल

Author

सजिलो पत्रिका

२०८२ साउन २७, मङ्गलबार

24
Share
Featured
  • राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको मुख्य जिम्मेवारी युवाको काँधमा रहेको बताउँदै, उनीहरूलाई वर्तमान राजनीतिक प्रणालीमा आधारित भएर देशको भविष्य निर्माण गर्न सुझाव दिए।
  • युवालाई विदेश पलायन रोक्न र स्वदेशमै रोजगारी सिर्जना गर्न उद्यमशीलता विस्तार र स्वरोजगारलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
  • प्रविधिमा दक्ष युवालाई स्वदेशमै अवसर दिन सरकार सहुलियतपूर्ण कर्जा, युवामैत्री लगानी र नवप्रवर्तनलाई प्राथमिकता दिइरहेको जानकारी दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरूलाई सुझाव दिएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आएको बताए।

उनले आजको पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपना पूरा गर्नु नै मुख्य कार्यभार भएको बताउँदै यो जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम रहेकोमा आफू विश्वस्त रहेको उल्लेख गरे।

राष्ट्रपति पौडेलले उद्यमशीलता र स्वरोजगार अहिलेको समयको माग भएको बताए। उद्यमशीलतालाई आर्थिक विकासको आधार मान्दै उनले युवाको विदेश पलायन रोकी उनीहरूलाई स्वदेशमै रोजगारीतर्फ आकर्षित गर्न उद्यमशीलता विस्तार र प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेकोमा जोड दिए।

नेपाली युवाहरूले प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन र सूचना प्रविधिजस्ता क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरिसकेको भन्दै राष्ट्रपति पौडेलले प्रशंसा गरेका छन्। उनले प्रविधिमा अभ्यस्त युवालाई स्वदेशमै अवसर दिन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीको वातावरण निर्माण र नवप्रवर्तनलाई प्राथमिकतामा राखेको बताए।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...