बागमतीका मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै

Author

सजिलो पत्रिका

२०८२ साउन २७, मङ्गलबार

16
Share
Featured
  • साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँ आज दिउँसो ४ बजे प्रदेशसभा बैठकमा विश्वासको मत प्रस्ताव पेश गर्दैछन्, जुन संविधानको धारा १६८(४) अनुसार अनिवार्य छ।
  • नेपाली कांग्रेस (३७) र नेकपा एमाले (२७) का ६४ सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका हुन्, र यही समर्थनले उनलाई विश्वासको मत दिलाउने अपेक्षा गरिएको छ।
  • बानियाँले आफ्नै दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव ल्याई संसदीय दलको नेतामा निर्वाचित भई मुख्यमन्त्री पद हासिल गरेका हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। नेकपा एमाले र नेपाली काँग्रेसको समर्थनमा नियुक्त भएका बानियाँले संवैधानिक प्रावधानअनुसार आज आफ्नो पक्षमा बहुमत सिद्ध गर्न लागेका हुन्।

गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज प्रस्ताव पेश गर्न लागेका हुन्। यसका लागि सभामुख भुवनकुमार पाठकले दिउँसो ४ बजेका लागि प्रदेशसभा बैठक बोलाएका छन्। बैठकमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मतको प्रस्तावमाथि छलफल र मतदानका लागि पेश गर्नेछन्।

मुख्यमन्त्री बानियाँलाई सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेको समर्थन रहेको छ। कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश सरकारको स्थायित्व र आगामी नीतिगत निर्णयका लागि यो विश्वासको मत महत्त्वपूर्ण मानिएको छ।

उल्लेखनीय छ, कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नै दलका नेता बहादुर सिंह लामालाई विस्थापित गर्दै मुख्यमन्त्री बनेका हुन्। मुख्यमन्त्री बन्नका लागि बानियाँले पहिले लामाविरुद्ध कांग्रेसको प्रदेश संसदीय दलमा अविश्वासको प्रस्ताव पारित गराएका थिए। त्यसपछि भएको निर्वाचनमा दलको नेतामा विजयी भएपछि लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

यो समाचारमा

नेपाली काँग्रेसइन्द्र बहादुर बानियाँबागमती प्रदेशकाठमाडौँ
बहादुर सिंह लामा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...