सम्झना भट्ट मृत्यु प्रकरण: ‘मार्दे, ५ वर्ष त जेल हो’ भन्ने नन्द पक्राउ, अडियो बाहिरिएपछि घटनाले लियो नयाँ मोड

Author

सजिलो पत्रिका

२०८२ साउन २५, आइतबार

104
Share
Featured
  • कञ्चनपुरको बेलडाँडीमा १८ वर्षीया सम्झना भट्ट आइतबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
  • पतिकी दिदी पूजा भट्टको अडियोमा सम्झनालाई मार्न दुरुत्साहन गरेको प्रमाण फेला परेपछि उनलाई धनगढी विमानस्थलबाट पक्राउ गरिएको छ।
  • मृतकका माइती पक्षले दाइजोको कारण सम्झनाले निरन्तर यातना सहँदै आएकी बताउँदै आएका छन्। हाल मृतकका श्रीमान्, सासू, ससुरा र दिदी चारैजना प्रहरी नियन्त्रणमा छन् र अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकामा गत आइतबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणले नयाँ र गम्भीर मोड लिएको छ। सम्झनालाई मार्न दुरुत्साहन गरेको अडियो सार्वजनिक भएपछि प्रहरीले उनका श्रीमान् पवन भट्टकी दिदी पूजा भट्टलाई पनि पक्राउ गरेको छ।

मृतकका माइती पक्षले प्रहरीलाई बुझाएको अडियोमा पूजाले आफ्नै भाइ पवनलाई "सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे" भन्दै आदेश दिएको सुनिन्छ। यही अडियो प्रमाणका आधारमा घटना थप रहस्यमय र गम्भीर बनेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहोराका अनुसार, पीडित पक्षको किटानी जाहेरी र अडियो प्रमाणका आधारमा शुक्रबार पूजालाई कैलालीको धनगढी विमानस्थलबाट पक्राउ गरिएको हो। उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिएको आरोपमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

यसअघि नै प्रहरीले सम्झनाका श्रीमान् पवन, ससुरा हरिदत्त भट्ट र सासू किरण भट्टलाई पक्राउ गरिसकेको छ। हाल चारैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्झनाका माइती पक्षले विवाह भएदेखि नै दाइजोको निहुँमा पवन र उनको परिवारले निरन्तर शारीरिक तथा मानसिक यातना दिँदै आएको र सोही यातना सहन नसकी उनले ज्यान गुमाएको दाबी गर्दै आएका छन्। पूजालाई पक्राउ नगरेसम्म शव नबुझ्ने अडान लिएका माइती पक्षले उनको गिरफ्तारीपछि मात्र शवको दाहसंस्कार गरेका थिए।

यो समाचारमा

काठमाडौँकञ्चनपुर जिल्लाबेलडाँडी गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...