आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Author

सजिलो पत्रिका

२०८२ साउन २१, बुधबार

38
Share
Featured
  • प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ।
  • अन्तरराष्ट्रिय सम्बन्ध, कृषि तथा सहकारी, विधायन व्यवस्थापन, र सार्वजनिक नीति समितिका बैठकहरू पनि आज बस्नेछन्।
  • लुम्बिनी विकास कोषको अवस्था, भूमिसम्बन्धी संशोधन विधेयक, जलस्रोत विधेयक, र राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदनमा छलफल हुने कार्यसूची रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजै अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

अन्तरराष्ट्रिय सम्बन्ध समितिमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीलगायतका विषयमा’ समसामयिक छलफल गर्ने कार्यसूची छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यो समाचारमा

दामोदर भण्डारीविष्णुप्रसाद पौडेलप्रतिनिधि सभाराष्ट्रिय सभा
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुनेको पहिचान खुल्यो

    काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा मंगलबार बिहान कारभित्रै जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक व्यक्ति कारधनी सुरेशचन्द श्रेष्ठ हुन्।बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा श्रेष्ठको कारभित्रै जलेर मृत्यु भएको थियो। प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले मृतकको पहिचान भएको पुष्टि गर्दै

    Data is loading...

    Loading brands...

    Loading footer...