बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

Author

सजिलो पत्रिका

२०८२ जेठ २८, बुधबार

32
Share
Featured

काठमाडौँ, जेठ २७ । 

बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको छ। बजारमा रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले अल्पकालीन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो।

राष्ट्र बैंकले २१ दिनका लागि 'निक्षेप संकलन' उपकरणमार्फत यो रकम बजारबाट उठाउन लागेको हो। यसका लागि आज दिउँसो ३ बजे अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल हुनेछ। पछिल्लो समय राष्ट्र बैंकले हरेक आइतबार र बुधबार नियमित रुपमा बजारबाट तरलता खिच्दै आएकोमा सोही क्रमलाई निरन्तरता दिएको हो।

को-को हुन सक्छन् सहभागी?

राष्ट्र बैंकका अनुसार, यस निक्षेप संकलनमा 'क', 'ख' र 'ग' वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। बोलकबोलमा सहभागी हुन चाहने संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी असार १८ गते हुने राष्ट्र बैंकले जनाएको छ। बजारमा लगानीको मागभन्दा अधिक पैसा हुँदा ब्याजदरमा अनावश्यक चाप पर्ने भएकाले राष्ट्र बैंकले अतिरिक्त तरलता खिचेर वित्तीय सन्तुलन कायम गर्न खोजेको हो।

यो समाचारमा

नेपाल राष्ट्र बैंककाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा २१ खर्ब २४ अर्बको सुधारमुखी बजेट सार्वजनिक

    काठमाडौँ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। पछिल्लो तीन दशकयताकै सबैभन्दा सुधारमुखी मानिएको यस बजेटले कर प्रणाली, प्रशासनिक पुनर्संरचना र ऊर्जा क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरेको छ।बजेटका मुख्य विशेषताहरूमा व्यक्तिगत आयकर छुटको सीमा बढाएर १०

    Data is loading...

    Loading brands...

    Loading footer...