प्रतिनिधि सभाबाट 'आर्थिक विधेयक, २०८३' सर्वसम्मत स्वीकृत

Author

सजिलो पत्रिका

२०८३ असार ०५, शुक्रबार

2
Share
Featured
  • प्रतिनिधिसभाले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले द्वारा प्रस्तुत ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ।
  • मन्त्री वाग्लेले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिलाई आयकर छुट दिइएको र बजेट सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित रहेको बताए।
  • २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट आगामी साउन १ गतेदेखि लागू हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले बजेटले दूरगामी अर्थतन्त्र निर्माण र सामाजिक न्यायलाई प्राथमिकता दिएको बताए।

अर्थमन्त्री वाग्लेले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिलाई आयकर छुट दिइएको जानकारी दिँदै करका दरहरू सोचविचार गरेरै निर्धारण गरिएको स्पष्ट पारे। उनले वर्तमान सरकार सामाजिक न्यायसहितको उदार अर्थतन्त्रको पक्षपाती रहेको बताउँदै बजेट 'सक्नेले नसक्नेलाई दिने' सिद्धान्तमा आधारित रहेको उल्लेख गरे।

यसैगरी, उनले अघिल्ला सरकारहरूले गरिब, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका लागि ल्याएका लोककल्याणकारी कार्यक्रमहरूमा कुनै पनि बजेट कटौती नगरिएको स्पष्ट पारे। गत जेठ १५ गते सार्वजनिक गरिएको २१ खर्ब २४ अर्ब ३४ करोडको यो बजेट आगामी साउन १ गतेदेखि लागू हुनेछ। आजको छलफलमा खुश्बु ओली, गणेश पराजुली, हर्कराज राई लगायतका सांसदहरूले भाग लिएका थिए।

यो समाचारमा

स्वर्णिम वाग्लेप्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मुआब्जा वितरण अन्तिम चरणमा, बुढीगण्डकीलाई गति दिने सरकारको तयारी

    काठमाडौँ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकार पूर्ण रूपमा गम्भीर रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभाको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ को बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस आयोजनालाई रणनीतिक महत्त्वको परियोजनाका रूपमा अघि बढाइने प्रतिबद्धता जनाए।मन्त्री श्रेष्ठका अनुसार

    Data is loading...

    Loading brands...

    Loading footer...