देशका ११ जिल्लामा बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह

Author

सजिलो पत्रिका

२०८३ असार २६, शुक्रबार

17
Share
Featured
  • ११ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ।
  • इलाम, झापा, सोलुखुम्बु, संखुवासभालगायतका जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने सम्भावना छ।
  • नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाढी पूर्वानुमान महाशाखाले आज देशका ११ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी तथा तराईका जिल्लाहरू भएर बहने साना नदी तथा खोलाहरूमा बहाब उल्लेख्य बढ्ने सम्भावना छ।

आज बाढीको जोखिम रहेका जिल्लाहरूमा इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, खोटाङ, संखुवासभा, दोलखा, रामेछापसिन्धुपाल्चोक रहेका छन्। महाशाखाले यी जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन सूचित गरेको छ। मनसुनी वर्षाका कारण साना खोल्सा र नदीहरूमा आकस्मिक बहाब बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको हो।


यो समाचारमा

ओखलढुङ्गाइलामदोलखाझापा
सिन्धुपाल्चोक9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने मन्त्रालयको तयारी

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सह-सचिवलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको छ। २०८२ माघ ११ गतेदेखि सम्पर्कविहीन रहेका ती सह-सचिव ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित भएपछि मन्त्रालयले कानुनी कारबाही अघि बढाएको हो।मन्त्रालयले जारी गरेको सूचनाअनुसार, विभिन्न माध्यमबाट सम्पर्क गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...