२०१३ सालदेखिका पुराना अर्थ ऐन खारेज र संशोधन गर्न अर्थमन्त्रीको वाग्ले विधेयक

Author

सजिलो पत्रिका

२०८३ असार २५, बिहिबार

7
Share
Featured
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०१३ सालदेखिका पुराना अर्थसम्बन्धी कानुन संशोधन र खारेज गर्न विधेयक दर्ता गरेका छन्।
  • विधेयकले ६ वटा असान्दर्भिक ऐन/नियमावली खारेज गर्दै भ्याट, आयकर र भन्सार ऐन संशोधन गर्ने प्रस्ताव गरेको छ।
  • सरकारका अनुसार विधेयकले कानुनी दोहोरोपना हटाई सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०१३ सालदेखिका अर्थ सम्बन्धी पुराना कानुनहरू खारेज र संशोधन गर्न प्रतिनिधि सभामा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ दर्ता गरेका छन्।

विधेयकले संघीय शासन संरचनामा असान्दर्भिक देखिएका ६ वटा ऐन तथा नियमावली (राजस्व चुहावट ऐन, आय टिकट दस्तुर ऐन, नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन लगायत) खारेज गर्ने प्रस्ताव गरेको छ। साथै, मूल्य अभिवृद्धि कर ऐन २०५२, आयकर ऐन २०५८ र भन्सार ऐन २०८२ मा समयानुकूल संशोधन गर्ने लक्ष्य राखिएको छ।

मन्त्री वाग्लेका अनुसार संविधानको मर्म अनुकूल नभएका प्रावधान हटाउन, कानुनी जटिलता र दोहोरोपना अन्त्य गर्न तथा कम लागतमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्न यो विधेयक ल्याइएको हो। यसले कानुन कार्यान्वयनमा देखिएका व्यवहारिक समस्या समाधान गर्ने सरकारको विश्वास छ।

यो समाचारमा

काठमाडौँस्वर्णिम वाग्लेप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रारा–सल्लेरी–पिना–कोटिला–घट्टलेख सडक निर्माण अलपत्र, काम गरेको पैसा मजदुरले अझै पाएनन्

    मुगु । मुगुको बहुप्रतीक्षित रारा–सल्लेरी–पिना–कुटिला–घट्टलेख निर्वाचन सडक आयोजना निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि भौतिक प्रगति करिब २ प्रतिशतमै सीमित रहेको पाइएको छ। करिब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको १० किलोमिटर सडक निर्माण कार्य अपेक्षाअनुसार अघि नबढ्दा स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।उक्त सडक निर्माणका लागि २०७९

    Data is loading...

    Loading brands...

    Loading footer...