मलाई सबैभन्दा ठूलो हत्याराको बिल्ला भिराइयो, मान्छे मार्नेहरू प्रचण्डसँगै छन् : रेशम चौधरी

Author

सजिलो पत्रिका

२०८२ असार २८, शनिबार

43
Share
Featured
  • चौधरीले आफू घटनास्थलमै नरहे पनि ‘सबैभन्दा ठूलो हत्यारा’ को आरोप लगाइएको र सामाजिक सञ्जालमा निरन्तर गाली खेप्नुपरेको गुनासो गरे।
  • उनले मान्छे मारेको स्वीकार गर्नेहरू सत्ताको वरिपरि रहेको र उनीहरूलाई कारवाही नगरी आफूलाई मात्र दोषी बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।
  • उनले आगामी चुनावमा विदेशी नागरिकता लिएका नेपालीहरूको मत प्रयोग गरिने षड्यन्त्र भइरहेको दाबी गर्दै त्यसप्रति चेतावनी दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीले टीकापुर घटनामा आफूलाई ‘सबैभन्दा ठूलो हत्यारा’ को बिल्ला भिराइएको गुनासो गरेका छन्। उनले घटनास्थलमा नरहेको व्यक्तिलाई दोषी बनाइएको तर मान्छे मारेको स्वीकार गर्नेहरू नै सत्ताको वरिपरि रहेको भन्दै आक्रोश व्यक्त गरे।

शनिबार काठमाडौँमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै चौधरीले आफूलाई सामाजिक सञ्जालमा अझै पनि ‘टीकापुर हत्याकाण्ड गरिस्’ भनेर गाली गर्ने गरेको बताए।

‘म मेरो सामाजिक सञ्जालमा कहिले कहीँ हेर्छु, मार गाली गर्छन्,’ चौधरीले भने, ‘टीकापुर घटनामा सबैभन्दा ठूलो हत्याको बिल्ला भिरेको छु। मेरो परिवारको बच्चा मर्‍यो, बच्चाको हत्यारा भन्छन्। हामी मान्छे नमार्ने थारुहरू हत्यारा भयौँ।’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै चौधरीले मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको टिप्पणी गरे। उनले भने, ‘मान्छे मार्नेहरू उनैसँग छन् फेरि। सँगसँगै छन्। उनले मार्‍यौँ पनि भन्छन्।’
कार्यक्रममा चौधरीले आगामी चुनावमा विदेशी नागरिकता लिएका नेपालीहरूको भोट प्रयोग गर्ने षड्यन्त्र भइरहेको समेत दाबी गरे। उनले भने, ‘मानिसहरु अब धेरै टाढिसकेका छन्। विदेशको नागरिकता लिएर उतै बसेका मानिसहरुसँग आगामी चुनावमा हारिएला भनेर विदेशीहरुको भोट चलाउने प्रपञ्च भइरहेको छ।’

यो समाचारमा

रेशम लाल चौधरीकाठमाडौँपुष्पकमल दाहालनागरिक उन्मुक्ति पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...