किन सडकमा उत्रिए चिकित्सकहरू? देशभरका अस्पतालमा आकस्मिकम सेवा बन्द

Author

सजिलो पत्रिका

२०८२ असार २३, सोमबार

44
Share
Featured
  • उपभोक्ता अदालतका फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकारमाथि हस्तक्षेप गर्दै चिकित्सकहरूलाई करोडौं जरिवाना तिर्नुपर्ने बनाएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।
  • सोमबार देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ, जसले हजारौं बिरामीहरू प्रभावित भएका छन्।
  • आन्दोलन चरणबद्ध रूपमा अघि बढेको छ, जसमा चिकित्सकहरूले प्रमाणपत्र बुझाउने र कार्यस्थलमा धर्ना दिने कार्यक्रमहरू समेत छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल चिकित्सक संघको आह्वानमा आज (सोमबार) देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ । उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा छन् ।

संघले उपभोक्ता अदालतका पछिल्ला फैसलाहरूले चिकित्सकहरूलाई हतोत्साहित पार्ने र उनीहरूलाई काम गर्ने वातावरण नभएको आरोप लगाएको छ। "उपचार जस्तो संवेदनशील विषयमा विशेषज्ञ निकाय नेपाल मेडिकल काउन्सिलले छानबिन गर्नुपर्नेमा उपभोक्ता अदालतले हस्तक्षेप गर्‍यो," संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "करोडौं रूपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसलाले चिकित्सकहरूलाई मानसिक रूपमा दबाब दिएको छ र समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पारेको छ।"



चिकित्सकहरूको यो आन्दोलन चरणबद्ध रूपमा अघि बढेको हो। संघले असार २० गतेदेखि नै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको थियो। यसैअन्तर्गत, आइतबार (असार २२ गते) देशभरका चिकित्सकहरूले आ-आफ्नो कार्यस्थलमा एक घण्टा धर्ना दिएका थिए।

संघका महासचिव डा. सञ्जिब तिवारीका अनुसार, आज सोमबार आकस्मिकबाहेकका सेवा पूर्ण रूपमा बन्द गरिएको छ। साथै, चिकित्सकहरूबाट हस्ताक्षर र उनीहरूको मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालयमा बुझाउने कार्यक्रमसमेत रहेको छ।

अस्पतालहरूमा सेवा बन्द हुँदा नियमित परीक्षण, फलो-अप तथा अन्य उपचारका लागि आएका हजारौं बिरामीहरू प्रभावित भएका छन्। काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूका ठूला अस्पतालहरूमा ओपिडी सेवा पूर्ण रूपमा बन्द छ। यद्यपि, संघले आकस्मिक उपचारलाई भने निरन्तरता दिइने स्पष्ट पारेको छ। आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलन जारी रहने संघले चेतावनी दिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...