निजामती विधेयकमा 'जालझेल': छानबिन गर्न आज विशेष संसदीय समिति गठन हुँदै

Author

सजिलो पत्रिका

२०८२ असार २३, सोमबार

18
Share
Featured
  • ‘कुलिङ पिरियड’ सम्बन्धी जालझेलको आरोपपछि संसद्ले सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने।
  • नेपाली कांग्रेस र एमालेबाट २-२, माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट १-१ सदस्य रहने; नेतृत्व कांग्रेसले गर्ने।
  • आज बिहान कार्यव्यवस्था परामर्श समितिले छानबिनको कार्यादेश र अवधि (१५ वा २१ दिन) तय गर्नेछ; सदस्यहरूको नाम आजै संसदमा प्रस्तुत हुने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संघीय संसदले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा जालझेल भएको विषयमा छानबिन गर्न आज एक विशेष समिति गठन गर्दैछ। राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइसकेको विधेयकमा नियोजित रूपमा संशोधन गरिएको भन्दै विवाद चुलिएपछि संसदले छानबिन समिति बनाउन लागेको हो।

सभामुख देवराज घिमिरे र प्रमुख दलका सचेतकहरूबीच भएको सहमतिअनुसार सात सदस्यीय विशेष संसदीय समिति गठन गरिनेछ। समितिमा नेपाली काँग्रेस र नेकपा (एमाले) बाट दुई-दुई तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक-एक सदस्य रहनेछन्। समितिको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको छ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले समितिको कार्यादेश र छानबिनको समय (१५ वा २१ दिन) टुंगो लगाउनेछ। समितिमा रहने सदस्यहरूको नामावली आजै बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यो समाचारमा

नेपाली काँग्रेसराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँदेवराज घिमिरे
राष्ट्रिय प्रजातन्त्र पार्टी6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...