काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाललाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

Author

सजिलो पत्रिका

२०८२ असार १५, आइतबार

18
Share
Featured
  • काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवालमाथि अनुसन्धान गर्न अदालतले ६ दिनको म्याद थप आदेश दिएको छ।
  • उनलाई बैंकिङ कसुर (चेक बाउन्स) मा करिब १० करोड रुपैयाँको अभियोगमा शुक्रबार पक्राउ गरिएको हो।
  • पक्राउ लगत्तै भेटवाल धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाललाई ६ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले गत शुक्रबारबाट गणना हुनेगरी ६ दिन म्याद थपका लागि आदेश जारी गरेको हो ।

भेटवाल पक्राउ परे लगत्तै सुटुक्क अस्पताल भर्ना भएका थिए । शुक्रबार पक्राउ परेका भेटवाल त्यसलगत्तै अस्पताल भर्ना भएका हुन् । प्रहरी उच्च स्रोतका अनुसार उनलाई धुम्बराहीको ह्याम्स अस्पतालमा भर्ना गराइएको छ ।

पक्राउ पुर्जी जारी भएका बैंकिङ कसुरका अभियुक्तलाई प्रहरीले छाडेको भन्दै पीडितले माथिल्लो निकायमा जानकारी गराएपछि शुक्रबार साँझ भेटवाललाई प्रहरीले पक्राउ गरेको थियो ।

शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले विज्ञप्ति जारी गर्दै भेटवाललाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको जानकारी गराएका थिए ।

करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ परेका उनी त्यस लगत्तै ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...