अदालतमा आदेश पर्खिरहेका अध्यक्ष नेपाललाई भेट्न पुगिन् झाँक्री

Author

सजिलो पत्रिका

२०८२ असार ११, बुधबार

94
Share
Featured
  • पतञ्जलि जग्गा प्रकरणमा बयान दिन विशेष अदालत पुगेका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न रामकुमारी झाँक्री पुगिन्।
  • थुनछेक बहस सकिएपछि आदेशको प्रतीक्षामा नेपाल र कानुन व्यवसायीहरू अदालतमै छन्।
  • अख्तियारले जग्गा अनियमिततामा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ 

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा उपस्थित भएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेतृ रामकुमारी झाँक्री अदालत पुगेकी छन्।

थुनछेक बहस सकिएर आदेशको प्रतीक्षा भइरहेका बेला झाँक्री बुधबार साँझ अदालत पुगेकी हुन्। उनले अध्यक्ष नेपालसँग इजलास कक्षभित्रै पुगेर भेटवार्ता गरेकी हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपाल बुधबार बयानका लागि विशेष अदालतमा उपस्थित भएका थिए।

दिनभर चलेको थुनछेक बहस सकिएपछि न्यायाधीशहरू आदेश लेखनमा व्यस्त छन्। अध्यक्ष नेपाल, वरिष्ठ कानुन व्यवसायीहरू गोविन्द बन्दी, शम्भु थापा, रमण श्रेष्ठलगायत अदालत परिसरमै आदेशको प्रतीक्षामा रहेका छन्।

यो समाचारमा

माधवकुमार नेपालनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...